नेपाली काँग्रेसका सबै सांसदले बाढी पीडितका लागि १ महिनाको तलब दिने

प्रकाशित मिति :2017-08-13 14:06:29
Loading...

काठमाडौं – नेपाली कांग्रेसका सबै सांसदले बाढी पीडितका लागि १ महिनाको तलब सहयोग गर्ने भएका छन् । कांग्रेसको केन्द्रीय समितिको बैठकले बाढीका कारण विस्थापित भएकाको सहयोगका लागि आफ्ना सांसदको एक महिनाको तलब सहयोग गर्ने निर्यण गरेको हो ।

Loading...

यस्तै, पार्टीका सबै संगठन र निकायलाई राहत संकलनका लागि परिचालन गर्ने निर्णय पनि गरेको कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिनुभयो । यस्तै, सबै क्षेत्रलाई बाढी पीडितकाको लागि सहयोग गर्न कांग्रेसले आह्वानसमेत गरेको छ । कांग्रेसका २ सय ७ जना सांसद छन् ।

Loading...
Loading...