९ किलो अबैध सुन सहित दुई जना पक्राउ

प्रकाशित मिति :2017-08-13 14:29:47
Loading...

रसुवा । अवैध रुपमा लुकाइछिपाइ केरुङबाट नेपाल ल्याइएको ९ किलो सुन सहित दुई जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउपालिका वडा नम्बर ५ का ३४ वर्षका दिपक घले र पार्वतीकुण्ड गाँउपालिका वडा नं ५ का २४ वर्षका फुर्वा तामाङ रहेका छन् ।

Loading...

चीनको केरुङबाट राजश्व छली गरी मोटरसाईकलमा फल्सबटम बनाएर ल्याएको करिब नौ किलो सुन सहित नुवाकोट प्रहरीले शनिबार अपरान्ह विदुर नगरपालिका वडा नम्बर १० सिमुटारबाट पक्राउ गरेको नुवाकोटका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए ।

मोटरसाइकल चालक दिपक घले र पछाडी बसेका फुर्वा तामाङलाई गेर्खुबाट नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याएर जाँच गरी फल्स बटम र शरीरमा बाधेको अबस्थामा सुन बरामद भएको नुवाकोट प्रहरीले जनाएको छ ।

मोटरसाईकलको ‘चेनबक्स’मा फल्स बटम बनाएर लुकाएको अवस्थामा ६ किलो र घलेको शरीर जाँच गर्ने क्रममा पाइन्ट भित्र बाँधेको अवस्थामा थप तीन किलो सुन भेटिएको हो । बिशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा.५५ प ८०६७ नम्बर मोटरसाईकल फल्सबटम बनाएर लुकाए छिपाई ल्याएको अबस्थामा नुवाकोट प्रहरीले नौ किलो सुन बरामद भएको हो ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीको लागी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद सुनको बजार मूल्य तीन करोड ८० लाख रुपैयाँ भन्दा बढी भएकाले उनीहरुलाई संगठित अपराध बिरुद्धको मुद्धा दर्ता गरी कारबाही गर्ने प्रहरीले तयारी गरिएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा केरुङबाट ल्याएको सुन रसुवागढी भन्सार छलि अबैध रुपमा नुवाकोट हुँदै काठमाडौ लैजान लागेको अवस्थामा नुवाकोट प्रहरीले पक्राउ गरेकोे छ । रसुवाको भन्सार सहित विभिन्न सात स्थानमा रहेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा जाँच पार गरी अबैध सुन लगिएको बुझिएको छ ।

पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भई चीनले रसुवागढी नाका खुलाए सँगै सुन तस्करीको दर बढ्दै गएको छ । तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकावाट तस्करी बढिरहेको पाइएपछि रसुवामा सुरक्षा निकायले नियमनमा कडाई गरेपनि दैनिक जसो नै रसुवाबाट अबैध सुनको तस्करी भईरहेको छ ।

तातोपानी नाका बन्द भएपछि अन्तराष्ट्रिय नाकाको रुपमा संचालनमा आएको रसुवागढीमा ठुलो परिमाणको सुन बरामद भएको यो अर्को घटना हो । नेपाल चीन र भारत जोड्ने त्रिदेशीय मार्गको रुपमा बिस्तार भईरहेको रसुवागढी नाका पछिल्लो समय सुन तस्करी हुने क्रम बढ्न थालेको हो । सिमा नाकामा अबैध रुपमा तस्करी बढेसँगै प्रहरीले बिशेष निगरानी गरिरहेको जनाएको छ ।

Loading...
Loading...