नयाँ शक्तिले बाढी पीडितका लागि राहत संकलन गर्ने

प्रकाशित मिति :2017-08-13 14:32:36
Loading...

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालले बाढी पीडितका लागि राहत संकलन र वितरण गर्ने भएको छ । राहत संकलन संयोजनको जिम्मा राष्ट्रिय युवा अभियानका संयोजक कमल शाहीको संयोजकत्वमा गठित राहत संकलन समितिलाई दिइएको छ ।

Loading...

आइतबार नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालय प्रमुख गंगा श्रेष्ठले पार्टीको विभिन्न आंगिक संगठनका प्रतिनिधि, सम्पर्क संयन्त्रका प्रतिनिधि, काठमाडौं उपत्यकाका जिल्ला समितिका प्रतिनिधि तथा केही केन्द्रीय नेताहरुलाई बोलाएर राहत संकलन र वितरण गर्ने बारेमा बैठक राख्नुभएको थियो ।

राहत संकलन समितिले विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सोमबारसम्म नगद संकलन गर्नेछ र तत्कालै बाढी प्रभावित क्षेत्रमा लगी वितरण गरिनेछ । केन्द्रीय नेताहरुबाट पनि राहतका लागि नगद सहयोग प्राप्त हुन थालेको र केही नेताहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको केन्द्रीय कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

आइतबारको बैठकमा परशुराम तामाङ, डम्बर खतिवडा, केशव दाहाल, हिसिला यमी, कल्पना धमला लगायतका नेताहरुको पनि उपस्थिति थियो ।

Loading...
Loading...