भारतका कारण तराईमा डुबान भएको भन्दै एमालेले दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

प्रकाशित मिति :2017-08-13 15:05:45
Loading...

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले देशभर भएको बाढी पहिरोबाट भएको धनजनको क्षति, रातह र उद्धारबारे छलफल गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । आइतबार एमाले उपाध्यक्ष एवं सांसद भीम रावलले एमालेकै अरु तीन जना सांसदको समर्थनमा प्रस्ताव दर्ता गराउनुभएको हो ।

Loading...

प्रस्तावलाई सांसदहरु कृष्णभक्त पोखरेल, शत्रुघन महतो र ऋषिकेश पोखरेले समर्थन गर्नुभएको छ । प्रस्तावमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई मुख्य सम्बन्धित मन्त्रालय राखिएको छ ।

प्रस्तावमा बाढी, पहिरोमा परी घाइते भएकाको उपचार, बेपत्ताको खोजी र पीडितको तत्काल राहत तथा उद्धार गर्न माग गरिएको छ । छिमेकी देश भारतले सीमा क्षेत्रमा बनाएको तटबन्ध र बाँधका कारण तराई क्षेत्रमा बाढी तथा डुबानको समस्या उत्पन्न भएकाले त्यसको दीर्घकालीन समाधान खोज्नु पर्ने उल्लेख गरिएको छ ।

दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सभामुखले तोकेको दिन र समयमा छलफल हुनेछ । बिहीबारदेखि सुरु भएको वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण अहिलेसम्म ६४ जनाको ज्यान गइसकेको । त्यस्तै ३६ जना बेपत्ता र ४४ घाइते भएका छन् ।

Loading...
Loading...