आफ्नो भूभाग जोगाउन भारतले गण्डक ब्यारेजका सबै ढोका खोल्यो

प्रकाशित मिति :2017-08-13 15:21:12
Loading...

नारायणीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि भारतले आफनो भूभाग जोगाउन गण्डक वांधका सबै ३६ वटै फाटक (ढोका) खोलेको छ ।

Loading...

नारायणी नदी (त्रिवेणीमा नारायणीमा भारतले बांध बनाएको स्थानलाई गण्डक भनिन्छ ) मा आइतवार दिउसो पानीको बहाब प्रतिसेकेण्ड ४ लाख २५ हजार (क्यूसेक लिटर) लिटर भएपछि भारतले आफ्नो भूभाग जोगाउन ति ढोका खोलेको हो । नवलपरासीको त्रिवेणीमा बांध बनाएर भारतको उत्तर प्रदेश र बिहारमा पानी लगेको भारतले ति ढोका बन्द गरेर आफना तर्फ (गण्डक भारतीय पुर्वी र पश्चिमी नहर)पानी लैजादा जिर्ण नहर फुट्न सक्ने भएकाले आफ्नो नहर जोगाउन सबै ढोका खोलेको हो ।

सबै ढोका खोलिएपछि नारायणी नदीमा पानी बग्छ र उसको नहरमा क्षतिको सम्भावना न्यून हुन्छ । पूर्वको कोशीमा आएको बाढीले शनिवार नेपाली भूभाग डुबानमा पार्दा नेपाल सरकारले परराष्ट मन्त्रालय मार्फत भारतलाई ब्यारेजको ढोका खोल्न आग्रह गर्न परेको थियो । गण्डकमा बांध बांधेर भारतले गण्डक पश्चिमी नहरवाट उत्तर प्रदेशका बिभिन्न भागमा सिंचाई गर्न १६ हजार ५ सय क्यूसेक लिटर ( प्रतिसेकेण्ड ) पानी लगेको छ ।

त्रिवेणीवाट १९.२ किलोमिटर नेपाली भूभाग हुँदै बिहार लगेको नहरको बेलाटारी नजिक बाढीले कटान गरेको छ । आफ्नो नहरमा पूर्ण क्षमतामा पानी लैजादा नहर भत्किने त्रासमा रहेको भारतले नहरमा पानी बन्द गरेको हो ।

गण्डक सम्झौता अनुसार नेपाली भुभागमा बनाइएको गण्डक ब्यारेजको ढोका खोल्ने साँचो भारतीयको जिम्मामा रहेको छ । भारतले गण्डक पुर्वी र पश्चिमी नहरवाट ३४ हजार क्यूसेक पानी भारतको बिहार र उत्तर प्रदेशमा सिंचाइकालागि लगेको छ । गण्डक सम्झौता अनुसार गण्डक नहरका कारण नेपाली भूभागमा हुने डुबान र कटान नियन्त्रणको जिम्मा भारत सरकारको हो ।

उसले नेपालको नवलपरासी नेपाली भूभाग सिंचाइकालागि बनाएको नहरमा ३ सय ५० क्यूसेक क्षमताको छ । त्यसमा पानी खोल्ने जिम्मा पनि भारतको हातमा छ ।

Loading...
Loading...