भोलिदेखि मौसम खुल्ने

प्रकाशित मिति :2017-08-13 15:53:57
Loading...

काठमाडौं – पूर्वी नेपालमा तीन दिनदेखि परेको पानी बिस्तारै कम हुँदै गएको छ । दिउँसोदेखि पूर्वी पहाडी र तराईका जिल्लामा पानी कम हुँदै गएको र भोलिसम्म मौसम खुल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेललले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

Loading...

आइतबार राति र सोमबार नवलपरासीदेखि पश्चिमको क्षेत्रमा झरी पर्ने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले जानकारी दिनभयो । बर्खायाम भएकाले मध्यम खालको झरी पर्न सक्ने तर शनिबार र शुक्रबारको जस्तो लगातार ठूलो बर्षाको सम्भावना तत्काललाई टरेको उहाँले जानकारी दिनुभयो ।

Loading...
Loading...