बिन्दबासिनी बृद्धाश्रमलाई आर्थिक सहयोग

प्रकाशित मिति :2017-08-13 16:32:30
Loading...

पोखरा । बिन्दबासीनीधार्मिक क्षेत्र तथा जेष्ठ नागरिक मिलन केन्द्र बिन्दबासिनीद्वारा संचालिन बृद्धाश्रमलाई आर्थिक सहयोग स्वरुपनगद हस्तान्तरण गर्ने कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ ।

Loading...

बगर भाइखलक कास्कीले आफ्नो छैटौँ स्थापना दिवसको अवसर पारेर नगद स्वरुप ३५ हजार रुपैयाँ विन्दबासिनी जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष गणेश बहादुर श्रेष्ठलाई हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण गर्दै बगर भाइखलक कास्कीका अध्यक्ष दिलबहादुर गुरुङले हाम्रो यो सानो सहयोगले बृद्ध आमाबुवामा ठूलो सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि बगर भाइखलक कास्कीले सहयोग गर्ने बताउनु भयो ।

अध्यक्ष गुरुङले बगर भाइखलकले हरेक वर्ष पोखरा–१ स्थित पुरानो टुडिखेलमा स्थापनादिवसको अवसर पारेर खेलकूद कार्यक्रमको आयोजना गर्दै आउनुको साथसाथै विभिन्न सामाजिक कार्यक्रममा काम गर्र्दै आएको समेत बताउँनु भयो । उहाँले बृद्ध आमाबुवाको मुहारमा खुशी उमंग आउँनु नै वास्तिवक परिवर्तन भएको समेत बताउँनु भयो ।
बगर भाइखलकका उपाध्यक्षतथा Þयान्डबल संघका केन्द्रीयअध्यक्ष तेज बहादुर गुरुङले प्रदानगरिएको सानो रकमले बृद्ध आमाबुवालाई थप सहयोग हुने बताउँदै बगर भाइखलकले खेलकूदबाहेक समाजसेवाको क्षेत्रमा काम गर्दै आइरहेको समेत जानकारी दिनुभयो ।
सोही हस्तान्तरण समारोहमा कास्की क्षेत्र नम्बर २ की नेपाली काँग्रेसकी सभासद् शारदा पौडेलले पितृहरुको संझनामा नगद स्वरुप १ लाख रुपैयाँ विन्दबासिनी जेष्ठ नागरिक मिलन केन्द्रकाअध्यक्ष गणेश बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
आइतबारै बिन्दबासिनी बृद्धाश्रममा बृद्ध आमाबुवाको लागि कोरियन प्रविधीको मसाज मेसिनको समेत सभासद् पौडेलले उद्घाटन गर्नुभएको थियो ।उक्त मेसिनले बृद्ध आमाबुवाको निमित्त ढाडको दुखाई, कम्मरको दुखाई कमगर्न राहत समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताउनु भयो ।

उक्त रकम हस्तान्तरण गर्दै सभासद् पौडेलले प्रदानगरिएको रकमले आफनो पितृहरुको संझनामा उपयोगी भौतिक संरचना निर्माण गर्न आग्रह गर्नुभयो । पौडेलले आगामी दिनहरुमा बृद्धाश्रममा सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
जेष्ठ नगरिक मिलन केन्द्रका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बृद्धाश्रममा ६० भन्दा बढी बृद्ध आमाबुवाहरुले आश्रय पाएको बताउँनु भयो । अध्यक्ष श्रेष्ठले बृद्धाश्रममा जेष्ठ नागरिक अथार्त बृद्ध आमाबुवाहरुमा समितिले कुनै कुराको अभाव महशुस हुन नदिएको समेत बताउनुभयो ।

Loading...
Loading...