उद्धारमा जुटे उपराष्ट्रपतिका छोरा

प्रकाशित मिति :2017-08-13 16:41:39
Loading...

देशको ठूलो भूभागका जनता अविरल वर्षाका कारण उत्पन्न विपत्को मारमा छन् । लाखौँ घरबारविहीन भएका छन्, दर्जनौँले ज्यान गुमाइसकेका छन् । अंगभंग भई घाइते भएकादेखि बेपत्ता भएकाहरूको संख्या पनि ठूलो छ । मुलुक ठूलो प्राकृतिक विपत्ति खोपिरहेको छ ।

Loading...

यतिवेला संकट रहेका जनतालाई सहयोग गर्नेहरूको ठूलो जमात छ । कोही विपत्तिमा परेकाहरूका लागि आर्थिक सहयोग जुटाइरहेका छन्, कोही लत्ताकपडा र खाद्यान्न संकलन गरेर राहतको जोहो गरिरहेका छन् । अनि कोही डुबानमा परेका तराई–मधेसका गाउँबस्तीमै पुगेर उद्धारमा जुटेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि यतिवेला सुनसरीका गाउँबस्तीमा बाढीपीडितहरूको उद्धारमा लागिपरेका छन् । १२ वैशाख २०७१ को विनाशकारी भूकम्पपछि पनि दिलोज्याद लगाएर उद्धार कार्यमा खटिएका पुन यतिवेला बाढीपीडितको बस्तीमा पुगेका छन् ।

अखिल क्रान्तिकारीका नेतासमेत रहेका पुन क्रान्तिकारीको आसन्न राष्ट्रिय सम्मेलन (७ -११ भदौ)को प्रतिनिधि छनोट गर्न सुनसरी पुगेका थिए । त्यसवेलादेखि अविरल परेको वर्षाले हेर्दा हेर्दै गाउँ सहर ढाक्यो । जनधनको ठूलो क्षति भयो । उनले प्रतिनिधि छनोटका कार्यक्रम स्थगित गरे र इटहरीलगायतका क्षेत्रमा आफूसँगै विद्यार्थीको टिमलाई उद्धारमा परिचालित गरे । उनी र उनको टोली अहिले पनि बाढीप्रभावित क्षेत्रमै सक्रिय भएर लागिरहेको छ ।

Loading...
Loading...