ट्रान्सफर्मर जडान भएपछी स्थानियबासी हर्षित

Loading...

भाद्र-१,। पुनर्वास नगरपालिका वार्ड नम्बर २ अमरैयामा विध्धुत ट्रान्सफर्मर जडान हुँदा स्थानियबासीहरू हर्षित भएका छन्।बिगत एक दशक देखि अन्धकारमा बस्दै अाएका यहाँका बासीन्दाहरूकाे लामाे संघर्ष पछि ट्रान्सफर्मर जडान गरीएकाे हाे।
यस अघि ट्रान्सफर्मर कहाँ राख्ने भनी स्थानियबासिहरूमा मतभेद देखिए पछी छ महिना देखि ट्रान्सफर्मरकाे काम अलपत्र रहेकाे थियाे। अाफ्नाे गाऊँमा बिजुली बत्ति रहेकाे भएता पनि राती टुकीकाे सहरामा बस्नु पर्ने अबस्था भएकाले बीगतका दिनमा मट्टीतेल र बिजुलीकाे बील तिरेर दाेहाेराे मर्का बाट छुटकारा पाईकाले अाफुहरू अत्यन्त खुशी भएकाे एक स्थानिय अनिल राना बताउछन।

यस अघि डीम बत्तीका कारण गर्मि सिजनमा पंखा,माेटर अादी समेत चलाउन पाईएकाे थिएन तर अब गर्मिमा पंखाकाे हावा खाएर बस्न पाएकाेमा खुशी ब्यक्त गर्नुहुन्छ स्थानिय नेता बहिदार राना। ट्रान्सफर्मर सांसद बिकास काेष र नेपाल बित्धुत प्राधिकरणकाे सहयाेगमा राखिएकाे हाे।
बित्धुत ट्रान्सफर्मर राख्दा अनेकाैं अबराेध अाएकाे र अबराेधका बाबजुद पनि अाफ्नाे कडा परीश्रमले ट्रान्सफर्मर राख्न सफल भएकाे पुनर्वास नगरपालिका वार्ड नम्बर २ का नवनिर्वाचित वडाध्यक्ष सन्त कुमार चाैधरीले बताउनु भयाे।

केही राजनितिक पार्टीका नेता,कार्यकर्ता तथा अन्य ब्यक्तीहरूले ट्रान्सफर्मर राख्न खाेज्दा अबराेध गर्न खाेजेकाे तर अाफू पदिय हैसियतमा रही स्वविवेक प्रयाेग गरि र स्थानियहरूकाे सहमतीमै ताेकिएकाे स्थानमा बित्धुत ट्रान्सफर्मर राखिएकाे पनि उहाँ बताउनु भयाे। बित्धुत ट्रान्सफर्मर राखिए पछी बर्षाैँ देखि अन्धकारमा बस्नु पर्ने बाध्यताकाे अन्य भएकाे छ।

Loading...



Loading…