तीज र बुबाको मुख हेर्ने दिनको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

Loading...

काठमाडौं । नेपाल टेलिकमले तीज तथा बुवाको मुख हेर्ने दिनको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेको टेलिकमले जनाएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै टेलिकमले युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने जनाएको हो । प्याकेजको अवधि २१ दिनको हुनेछ । त्यस्तै, ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

वैद्यका अनुसार डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ ।

युट्युब डाटा प्याकेज लिनका लागि प्रयोगकर्ताले YT1GB वा YT500MB लेखेर १४१५ मा क्ःक् पठाउनु पर्छ । त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि PACK150 वा PACK250 लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

Loading...



Loading…