अब मोबाइलबाटै बिजुलीको बिल भुक्तानी,लाम लागेर तिर्नुपर्ने झन्झटको अन्त्य

Loading...

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म लाम लागेर विद्युत महसुल तिर्नुपर्ने झन्झटको अन्त्य गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको सुरुवात गर्दैछ । प्राधिकरणले भोलिदेखि उपत्यकाबाट मोबाइल तथा वेबबाट बिल भुक्तानी सेवा आरम्भ गर्न लागेको हो।

सेवाग्राहीलाई प्राधिकरणका काउन्टर धाएर समय र थप रकमसमेत खर्च गर्नुपर्ने र दिन नै माया मारेर धाउनुपर्ने अवस्थाको समेत नयाँ प्रणालीको सुरुवातसँगै अन्त्य हुनेछ ।

विद्युत प्राधिकरणले गएको जेठ २९ मा भुक्तानी प्रणाली सञ्चालन गर्न इच्छुक कम्पनीबाट प्रस्ताव माग गरेको थियो। उक्त प्रक्रियामा गएकामध्ये ९ कम्पनीसँग प्राधिकरणले सम्झौता गरिसकेको छ।

जसमा रेमिट्यान्स कम्पनी सिटी एक्स्प्रेस, डिजिटल वालेट इसेवालगायत बैंकहरुसँग सम्झौता भएको विद्युत प्राधिकरणले जानकारी दिएको छ। यसका साथै आइएमइ पेसहित अर्को सेवाप्रदायकगरी थप दुई वटासँग तत्कालै सम्झौताको तयारी भएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

कसरी हुन्छ भुक्तानी
विद्युत महसुल भुक्तानीको लागि स्वीकृत पाएको मध्येको एक ईसेवाका अनुसार प्राधिकरणको ग्राहकसँग भएको बैंक खाता, ईसेवा खाता वा दुवै नभएमा नजिकै भएको ईसेवा एजेन्टको बाट भुक्तानी गर्नसक्ने छन्।

ग्राहकहरुले विभिन्न सेवाप्रदायकबाट तिरेको रकम प्राधिकरणको खातामा जम्मा हुने र त्यसबाट एकातिर पारदर्शिता हुने अर्कोतिर ग्राहकले सुविधा पाउने

Loading...



Loading…