आज मोती जयन्ती

Loading...

ललितपुर / रास– युवाकवि मोतीराम भट्टको १५२औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर सोमबार मनाइँदै छ । साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरूले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन् ।

राष्ट्रिय विभूतिसमेत रहेका भट्टको १ सय ५१ वर्ष पहिले १९२३ भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसीकै दिन जन्म भएको थियो । नेपाली गजलका महानायक

मानिएका भट्टको कथा, नाटक, निबन्धमा पनि कलम त्यत्तिकै बलियो रहेको थियो । कुशे औंसीका दिन जन्मेका उनको १९५३ सालको कुशे औसीका दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो । शृंगार रसलाई केन्द्रबिन्दुमा राखेर उनले गजल रचना गरेका थिए ।

युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । उनको साहित्य रचना मात्र नभई पत्रकारितामा पनि हात चलेको पुराना साहित्यकारहरू बताउँछन् । उनले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए ।

Loading...



Loading…