भारत तर्फ लैजादै गरेको सात थान गाई-गाेरु बरामद

Loading...

माेरङकाे धनपाल गाउँ पालिका १ स्थित नाेचा बजार बाट अाईतबार राति नेपाल बाट तस्करी गरि भारत तर्फ लैजादै गरेको ७ वटा गाई,गाेरु बरामद गरिएको छ ।

माेरङकाे रामचाेक बाट अबैध रुपमा भन्सार छलेर भारत तर्फ लैजादै गरेकाे ४ थान गाई ३ गाेरु ईलाका प्रहरी कार्यलय रंगेली काे गस्ती टाेलिले पक्राउ गरेको छ ।

तस्करहरुले माेरङ र सुन्सरीका विभिन्न स्थान हरुमा साप्ताहिक रुपमा लाग्ने हाट बजार हरुबाट ब्यपारीहरुले गाई,गाेरु,राँगा ,भैंसी खरिद गरेर भारत तिर लैजाने गरेका छन । सिमाबर्ति क्षेत्रमा ससस्त्र बेश क्याप, बिअाेपि रहेता पनि तस्कर हरुले खेतै खेत भारत तर्फ तस्कर हरुले भारत तर्फ लैजाने गरेकाे छ । साे गाई,गाेरु २ लाख रुपैयाँ बराबरको र साेमबार बिराटनगर भन्सार कार्यलय बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।

Loading...



Loading…