माडीका बाढीपीडितलाई एक्सपर्टको एक लाख सहयोग

Loading...

चितवन – एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढले चितवनको माडीका बाढी प्रभावितका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ ।

एक्सपर्टले समाजिक उत्तरदायित्व बहन गर्दै स्थापना गरेको ‘एक्सपर्ट फाण्डेशन’ मार्फत सो रकम प्रदान गरेको हो । आज (सोमबार) माडीमा एक कार्यक्रमकाबीच एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले माडी नगरपालिकाका मेयर ठाकुर ढकाललाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तण गर्नुभयो ।

एक्सपर्टका निर्देशक अधिकारीले माडीमा बाढीले धेरै प्रभावित बनाएकोले यस क्षेत्रमा सहयोग गरेको बताउनुभयो । माडी नगरपालिकाले बाढीपीडित राहत कोष स्थापना गरेको थापा पाएपछि जिन्सी सामाग्री नभई रकम नै सहयोग गरेको उहाँले बताउनुभयो । निर्देशक अधिकारीले भन्नुभयो– “भूकम्पमा जिन्सी सामाग्री राहत दिन पुग्दा दलका प्रतिनिधिले भागबण्डा लगाएको नमिठो क्षण देखे, अहिले जनप्रतिनिधिहरु आउँदा तपाईहरु मार्फत सहयोग गर्न पाउँदा खुशी छौं ।”

उहाँले यो रकम सानो भएपनि बाढीपीडितको घाउमा मलम लगाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले एक्सपर्टले फाण्डेशन मार्फत बाढी प्रभावित देशका पाँच स्थान एक÷एक लाख रुपैयाँले सहयोग गरेको बताउनुभयो ।

चेक हस्तान्तरण गर्दै माडीका मेयर ढकालले एक्सपर्टको सहयोग नगरपालिकाले पारदर्शी रुपमा उपयोग गर्ने बताउनुभयो । उहाँले नगरपालिकाको मातहतमा रहेको गरिएको सहयोगको विवरण नगरपालिकाले सार्वजनिक गरि जानकारी गराउने भन्दै नगरपालिकासंग समन्वय नगर्नेको सूचीमा नराखिने बताउनुभयो । उहाँले नगरपालिकाले पूर्ण रुपमा क्षति भएका ८० घरको आवश्यकता छुट्याएर भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नुभयो । उहाँले भन्नुभयो–“कसैको घरमा धारा, कसैको घरका अन्य आवश्यकता परेका सामान नगरपालिकाले प्रदान गर्नेछ, त्यसमा सहयोग संस्थाहरुको पनि नाम उल्लेख गछौं ।”
उहाँले पूर्ण रुपमा घरबार गुमाएका २०९ जनालाई सुरक्षित स्थानमा राखिएको जानकारी दिनुभयो । गत साउन अन्तिम साता आएको बाढीले माडीकामा ठूलै भौतिक क्षति पुगेको थियो । कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढकी एडमिन अफिसर मिना तिमिल्सिना, लेखा प्रमुख किरण पौडेललगायतको उपस्थिति रहेको थियो ।

Loading...



Loading…