एक महिनामा ६१ लाख पटक हेरियो ‘नाईलनको सारी’, अर्को गीत आउनेछ यति गते

Loading...

चलचित्र ‘छक्का पन्जा २’को गीत ‘ए दाजु नसमाउ नारीमा’ एक महिनामा ६१ लाख भन्दा बढिपटक हेरिएको छ । गीत अपलोड भएको ठ्याक्कै एक महिना आज पुगेपछि चलचित्रका निर्माता तथा नायक दीपकराज गिरीले गीतलाई माया दिनुहुने सबैलाई धन्यवाद दिएका छन् ।

गीत अपलोड भएको केहिदिनमा नै उक्त गीत ‘चोरीको गीत’ भनि विवादमा तानिएको थियो । यद्यपी यो बिषयमा दीपकराज गिरीले कयौँपटक मिडियामा स्पस्टीकरण दिईसकेका छन् । अल्मोडा राना उप्रेती र सुजाता बर्माको स्वरमा रहेको गीतमा प्रिन्स नेपाली र स्वर्गिय कुमार कान्छा मगर नेपालीको संगीत रहेको छ । गीतको शब्द प्रिन्स नेपाली र दीपकराज गिरीले लेखेका हुन् ।

यस्तै चलचित्रको अर्को गीत ‘तिमी यता किनारमा’ यहि भदौको १२ गते सार्वजनिक गरिने छ । सुदुर पश्चिममा चर्चित लय र टप्पा गीतको मिक्स रहेको उक्त गीतले पनि दर्शकको राम्रो साथ पाउनेमा दीपक आशावादी छन् । गीतलाई हरिबंश आचार्य र आस्था राउतको स्वर रहेको छ भने किरण कडेँलको शब्द तथा संगीत रहेको छ ।

हेर्नुहोस् १२ गते सार्वजनिक हुन लागेको गीतको सुटिङ रिपोर्टः

Loading...



Loading…