भारतीय सर्वोच्च अदालतद्वारा ‘तीन तलाक’ लाई असंवैधानिक ठहर

Loading...

भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा कायम रहेको ‘तीन तलाक’ अर्थात छोडपत्रलाई असंवैधानिक ठहर गरेको छ ।

पाँच सदस्यीय बेन्चमा तीन सदस्यले मुस्लिम समुदायमा रहेको छोडपत्रको चलनलाई असंवैधानिक मान्दै सरकारलाई कानुन बनाउन आग्रह गरेका छन् । सर्वोच्च अदालतले ‘तीन तलाक’ लाई गैरकानूनी भएको भन्दै तत्काल यसको अन्त्य हुनुपर्ने बताएको छ ।

इस्लामिक देशमा पनि यस्तो व्यवस्था नभएको भन्दै भारत जस्तो स्वतन्त्र देशमा यसको अन्त्य सम्भव किन नभएको भन्दै अदालतले गम्भीर प्रश्न उठेको बताएको छ । त्यस्तै अदालतले सरकारलाई ६ महिनाभित्र कानून बनाउन निर्देशन दिएको छ ।

Loading...



Loading…