विचित्र संसार

Loading...

-सुनिलकुमार लो

यो संसार ,
अचम्म छ,विचित्र छ, गजव छ ,

म बाल्छु दियो,
उ निभाईदिन्छ,
म हिड्न खोज्छु,
उ तगारो तेर्स्याईदिन्छ,
म मुस्काउन खोज्छु,
उ पीडा दिन्छ,
म खुला हावामा उच्छ्वास लिन खोज्छु ,
उ जाल बुन्ने फिराकमा हुन्छ ,
यो संसार,
अचम्म छ,विचित्र छ, गजव छ,
म सुकिलो बन्छु ,
उ हिलो फाल्छ,
पारिलो घाम लगाउन खोज्छु आगनमा
उ अजंगको छाँया ल्याउँछ
म बाटो बनाउछु सपनाको
उ काँढा बिछ्याउँछ
म भावनाको बगैचामा फुल रोप्छु
उ दाँत किटदै खाल्डो खन्छ ।
यो संसार ,
अचम्म छ, विचित्र छ, गजव छ
आफन्तको भेषमा मुस्काउदै,
उ फेरि आउँछ,
म पग्लदै प्रेमले अङ्गालो हाल्छु,
उ पिठ्मा छुरा धस्छ,
माया गर्दै म मीठो बोल्छु,
उ चापलुसी ठान्छ,
म सत्यवादी बन्छु,
उ छुच्चो र बदमास ठान्छ ,
यो संसार ,
अचम्म छ , विचित्र छ , गजव छ २

Loading...



Loading…