हिम्मत नहार्नु साथी

Loading...

गजल | आरडी धनुश रानामगर
शरिर यो एक दिन आफै मर्छ किन मार्नु साथि।
थलै परुन लडेर हिम्मत तर नहार्नु साथी ।।

लाखको भेलमा हाम्फालेका चिम्टी भाग्याशाली हामि।
डुब्ने होइन चलाउनुस हात गोडा तार्नु साथी ।।

साचै दुइ दिनको पाहुना हामी हिजो ढली सके।
बाकी भोली मृत्यु होइन बाचेर केहि गर्नु साथी ।।

पिडा छ ? दुखाइ छ ?अझै भोग्नुस आनन्द छ भोलि।
झुन्डिने होईन कोरेर पत्र बाचेर हेर्नु साथि।।

न छुट्टी न दुख्यो भन्दा होस्पिटल पठाउछ यहाँ।
धैर्य गर्नुहोस धर्ती बाटै बसाइ नसार्नु साथी ।।

मरेर नि शान्ती मिल्दैन बुझ्नु कायर बन्छौ किन।
बाचे पक्कै फकृन्छ,पिडा सही बिजन छर्नु साथि।।

प्रकृतिले चाह्यो जे भोग्नै पर्छ हामीले भाग्ने किन।
रोक्नुस अब डटेर अवस्था जे छ स्विकार्नु साथि।।

सधै सकारात्मक सोच को बिकाश गरौ
बाचुन्जेल खुशीले बाचौ तर आत्महत्या कदापी नगरौ

आर डी.धनुश रानामगर
नवलपरासी
हाल द.कोरिया

Loading...



Loading…