अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै बाढी पीडितको उपचार गर्न जाँदै डा केसी

Loading...

काठमाडौं– लामो अनशनपछि उपचाररत डा गोविन्द केसी अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै बाढी पीडितको सेवामा खट्ने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा केसीलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन्।

डा केसीले भोलि नै सप्तरी पुगेर बाढी पिडित बिरामीको उपचार थाल्ने योजना बनाइसकेका छन् । उनी केही दिन बाढीग्रस्त क्षेत्रका बासिन्दाको उपचारमा बिताउने छन्।

उक्त अवधिसम्म काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन फिर्ता भइसक्नुपर्ने उनको माग छ । उक्त अवधिमा पनि अनशन फिर्ता नभए फेरि अनशन थाल्ने डा केसीले बताएका छन् । उनले भने, ‘अहिले मेरो खाँचो बाढी पीडित क्षेत्रमा छ । त्यसैले त्यता जान लागेका हुँ । काटमाठौं नेशनलको सम्बन्धन फिर्ता लिन सरकारसँग आग्रह गरिसकेको छु । त्यहाँबाट फर्किदासम्म पनि फिर्ता नलिइए अर्काे चरणको अनशन बस्न बाध्य हुनेछु।’

स्वास्थ्य खबरपत्रिकाके अनुसार कुनै पनि मापदण्ड पूरा गर्न नसकेको काठमाडौं नेशनललाई डा केसीसँगको सहमति विपपरित त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको छ । जसको सवत्र विरोध भइरहेको छ।

Loading...



Loading…