‘२ रुपैयाँ’को गीतमा लाउरेको र्‍याप

Loading...

भाद्र २३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘२ रुपैयाँ’को अहिले सिनेवृतमा राम्रै चर्चा छ । फिल्ममा समावेश ‘कुटुमा कुटु’ बोलको गीतका कारण पनि चर्चा रहेको फिल्म ‘२ रुपैयाँ’को ट्रेलर र ‘टल्क्यो जावनी’ बालको गीत पनि सार्वजनिक भैसकेको छ । हालैमा फिल्मका लागि ओएसटी गीतको छायांकन गरिएको छ ।

बुधवार ललितपुरमा सेट लगाएर र्‍यापर लाउरे र एड्रेले फिल्मका लागि र्‍याप गीत गाए । छायांकन गरिएको भिडियोमा लाउरे, एड्रेसँगै फिल्मका मुख्य कलाकार द्धय निश्चल बस्नेत र आशिफ शाहलाई पनि देख्न सकिनेछ । फिल्ममा निश्चलले ‘जुरेली’ र अशिफले ‘दाह्री’को भूमिका निर्वाहा गरेका छन् ।

ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नूस् :-

Loading...



Loading…