संविधानप्रति भारतको अडान यथावत्

Loading...

काठमाडौं – संविधानप्रति भारतले सुरुमा व्यक्त गरको अडान फेरि दोहोर्‍याएको छ । दुई वर्षअघि संविधान जारी हुँदा मधेसी दललाई ‘बाइपास’ गरको भन्दै उनीहरुलाई पनि मुल प्रवाहमा लानु पर्ने बताउँदै आएको भारतले त्यसलाई फरि दोहोर्‍याएको हो ।

भारत भ्रमणमा रहनुभका प्रधानमन्त्री शेरबहादुर देउवासँग हैदरावाद हाउसमा एक्ला एक्लै वार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको सहभागीतामा ‘संविधान कार्यान्वयन होस्’ भन्दै संविधानप्रतिको दृष्टिकोण यथावत राख्नुभएको हो ।

पत्रकार सम्मेलनमा मोदीले भन्नुभयो, ‘नेपालका सबै नागरिकका आकांक्षा पूरा होस्, सबैको सहभागितामा संविधान लागु गर्न सक्नुहोस् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका बेला पनि भारतले सबैको सहभागिता संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरेको थियो ।

मोदीले स्थानीय तहको चुनाव भएको खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुई चरणमा स्थानीय तहको चुनाव गरेकोमा बधाइ दिन चाहन्छु । प्रशंसा गर्दछु ।’
दुई देशका प्रधानमन्त्रीको उपस्थितमा चारवटा भूकम्पछिको पुनर्निर्माण र अरु चारवटा सम्झौता भएको छ ।

Loading...



Loading…