देउवाको स्वागतमा नेपालीमै बोले मोदी, देउवाले दिए संविधान संसोधन गर्न वचन

Loading...

काठमाडौं: भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा सम्बोधन गरेका छन्।

हैदरावाद हाउसमा नेपाल र भारतका प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा सुरुमा मोदीले नेपालीमै देउवासहितको टोलीलाई स्वागत गरेका हुन्।

सुरुमा नेपालीमै बोल्दै मोदीले भने, ‘निकट छिमेकी नेपालबाट आउनुभएका देउवाजी लगायत तपाईंहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ।’

उनले दुई स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाललाई बधाई दिँदै यसबाट नेपालको लोकतन्त्र थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
सबै पक्षलाई समेटेर संविधान सफलतापूर्वक कार्यान्वयन गर्न नेपाल सफल होस् भन्ने भारतको चाहना रहेको उनले बताए।

नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर चाँडै टुंग्याउन सहमति भएको उनले बताए । नेपाल र भारत नयाँ अवसरलाई उपयोग गर्दै हुलाकी राजमार्ग, सीमापार विद्युतीय प्रशारण लाइन, एकीकृत सुरक्षा जाँच चौकी, सीमापार रेललगायत कनेक्टिभीटीका परियोजनालाई समयवद्ध रुपमा अघि बढाउने सहमति भएको मोदीले बताए।

Loading...



Loading…