कृष्णपुर नगरपालिकाको बजेट ५७ करोड

Loading...

महेन्द्रनगर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रथम नगर सभाले चालू आर्थिक वर्ष २०७४/७५ का लागि झण्डै ५७ करोड ६२ लाख अनुमानित बजेट विनियोजन गरेको छ ।

बुधबार भएको नगर सभामा बजेट वक्तव्य पेश गर्दै नगर उपप्रमुख रमिता रानाले चालू आर्थिक वर्षका लागि नगरपालिकाले ५७ करोड ६२ लाख २५ हजार रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको बताए । उनले प्रस्तुत गरेको बजेट वक्तत्व अनुसार नगरपालिकाको आन्तरिक आयतर्फ ७८ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

वित्तीय समानिकरण निःशर्त अनुदानबाट २८ करोड ७५ लाख ६९ हजार रुपैयाँ, सशर्त अनुदान विषयगत कार्यालयतर्फ ११ करोड ९४ लाख १६ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ताबाट १० करोड ५० लाख रुपैयाँ बजेट अनुमान गरिएको जनाइएको छ ।

यसैगरी, गत मौज्दातबाट सरिआएको २ करोड ५९ लाख रुपैयाँ, सडक बोर्ड नेपालबाट ४० लाख रुपैयाँ, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट १२ लाख रुपैयाँ, संघीय संरचना पुर्वाधार विकास कार्यक्रमबाट १ करोड रुपैयाँ र नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १ करोड ५४ लाख रुपैयाँ गरी कुल ५७ करोड ६२ लाख ८५ हजार रुपैयाँ आय अनुमान गरिएको बताए ।

विनियोजित बजेटमध्ये नगरपालिकाले चालू खर्चतर्फ ४ करोड ७९ लाख ३२ हजार र पुँजीगत खर्च २४ करोड ७४ लाख ३७ हजार रुपैयाँ छुट्याएको छ ।

Loading...



Loading…