मतदाताको उमेर १८ वर्ष हुनुपर्ने : जिल्ला बढेर पुग्यो ७७ !

Loading...

आगामी हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्नका लागि योग्य उमेर १८ वर्षलाई तोकिएको छ । आज निर्वाचन आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले सो निर्णय गरेको हो ।

सरकारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर १० गते आइतबार हुने निर्वाचनमा भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्रै मतदान गर्न पाउने निर्णय आयोगले गरेको छ ।
मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्था अनुसार मतदाताको उमेर तोकेको हो ।

अब ७७ जिल्ला हुने

आयोगले ७७ जिल्ला कायम गरेको छ । यस अघि ७५ वटा जिल्ला रहेकोमा राज्य पुःसंरचाना गर्दा रुकुम र नवलपरासीको आधा भाग टुक्रिएपछि विवाद रहदै आएको थियो । गत भदौ ५ गते मन्त्रिपरिषद्ले प्रदेश नं. ४ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नं. ५ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी दुई जिल्ला कायम गर्ने र प्रदेश नं. ५ मा पर्ने रुकुमको (पूर्वी भाग) र प्रदेश नं. ६ मा रहेको रुकुमको (पश्चिम भाग) दुई जिल्लामा विभाजन गर्ने निर्णय गरेकाे थियाे । अाज निर्वाचन अायाेगका पदाधिकारीकाे बैठकले साे निर्णयलाइ सदर गरेकाे हाे । यि ४ जिल्ला कायम भएसँगै नेपालमा अब ७७ जिल्ला हुने भएकाे छ ।

आयोगले उक्त ४ जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन गर्नका लागि चारजना जिल्ला न्यायाधीशहरूको नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

Loading...



Loading…