स्कूलको बोर्ड पछाडि वर्षौदेखि लुकेको रहस्य कामदारले भेटाए, इतिहासकार नै चकित…

Loading...

पुरानो भवनको मर्मत गर्न खोज्दा वषौँदेखि लुकेर रहेको रहस्य भेटिन्छन् भन्ने कुरा धेरैले कल्पना समेत गर्दैन्। तर ओक्लाहोमा रहेको एक स्कूलमा वर्षौदेखि ब्याकबोर्डको पछि लुकेर रहेको रहस्य बाहिरीएको छ।

उक्त रहस्य बाहिरीएपछि त्यहाँका शिक्षक समेत चकित भएका छन्। तर उक्त रहस्य बारे सधै ब्याकबोर्डमा लेख्दै आएका शिक्षक समेत अनविज्ञ थिए।

एक दिन स्कुलका निर्देशनले विद्यालयको पुननिर्माण तथा सजावट गर्ने निर्णय गरे। कामदार विद्यालयको सजावटमा व्यस्त थिए। उक्त क्रममा कामदारले विद्यालयको पुरानो बोर्ड हटाएर नयाँ बोर्ड लगाउँदै थिए। तब पुरानो बोर्ड हटाउँदा कामदारका अगाडि वर्षौ पुरानो इतिहास बाहिरीयो। जुन वर्षौदेखि बोर्डको पछाडि लुकेर रहेको थियो।

उक्त पुरानो बोर्डमा १९७१ तारीख राखिएको थियो। बोर्डमा लेखिएको आलेख अहिलेसम्म पनि सुरक्षित थियो। उक्त स्थानमा एक बोर्डको पनि अरुपनि केही बोर्ड लगाइएका थिए। त्यहाँ वर्षौ पहिले पनि कामदारले पुरानो बोर्डको माथि नयाँ बोर्ड लगाएको आशंका गरिएको छ।

उक्त वोर्डलाई एक पछि अर्को गरी हटाउँदै जाँदा बोर्डमा पुराना पुराना इतिहास लेखिएका आलेख भेटिदै गएका थिए। उक्त इतिहासका बारेमा अहिलेपनि मानिसहरु अनविज्ञ छन्।

उक्त बोर्डमा लेखिएका इतिहास देखेर इतिहासकार पनि चकित भएका छन्। उनीहरुले आश्चर्य मान्दै यत्रो वर्षसम्म पनि इतिहास लेखिएका लेख सुरक्षित रहेको बताए। एजेन्सी ।

Loading...



Loading…