अन्तरवार्ता दिँदा दिँदै रोईन् आँचल शर्मा (भिडियो)

Loading...

यहि भदौ ३० गतेदेखि देशभर रिलिज हुन थालेको फिल्म हो जोनी जेन्टलमेन। जोनी जेन्टलमेनको टिम यतिबेला प्रचारप्रसारमा तिव्र खटिएको छ। फिल्मका नायक पल शाह हुन् नायिका आँचल शर्मा हुन्। उनीहरुले नाई नभन्नु ल ४ मा पहिलोपटक सँगै काम गरेका थिए र दुबैको डेब्यु फिल्म पनि त्यहि थियो। अब पल र आँचल फेरि एकपटक सँगै आउँदैछन्।

यसैबीच फिल्म प्रमोशनकै लागि निर्देशक नितिन चन्दसँग हङकङ पुगेका पल र आँचलले अन्र्तवार्ता दिँदै धेरै कुरा खोलेका छन्। मज्जाको टिभीसँग अन्र्तवार्ता दिँदै नायिका आँचल शर्माले त आँशु नै बगाईन्। निर्देशक नितिले आँचलको प्रशंसा गरेपछि उनी भावुक भएकी हुन्।

प्रशंसा गर्ने क्रममा भावुक भएकी उनलाई निर्देशक नितिले ल आँचल त रोईन् भनेपछि आँखाबाट आँशु खसाएकी थिईन्। आँचलको गहभरी आँशु आइरहँदा यता नायक पल शाह भने दर्शकहरुलाई आँचल रोएको ईसारा गर्दै थिए।

अन्र्तवार्ताका क्रममा निर्देशक नितिन, नायक पल र नायिका आँचलले एकअर्काको राम्रो बानी र नराम्रो बानीको बारेमा पनि कुरा गरेका छन्। साथै आँचलले पल राम्रो ब्वाईफ्रेन्ड भन्दा पनि असल श्रीमानको लागि उपयुक्त केटा भएको बताईन्।

Loading...



Loading…