शेरवहादुर स्मृतीकपको उपाधी युथ स्पोर्टस् क्लबलाई

Loading...

कर्णाली न्युज

धनगढी – गोदावरी नगरपालिका लालपुरमा भएको शेर बहादुर थापा स्मृती कपको उपाधी युथ स्पोर्ट क्लव धनगढी बिजयी भएको छ । आयोजक सगरमाथा युवा क्लब र युथ स्पोर्ट क्लव धनगढी बिच भएको फाईनल खेलमा २–१ले युथ स्पोर्ट क्लव धनगढी बिजयी र आयोजक क्लव सगरमाथा युवा क्लब उपबिजेता भएको हो ।

सगरमाथा युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगीता भाद्र १० गते देखि १६ गते सम्म संचालन भएको खेलमा ८ टिमको सहभागी रहेको बिजेता युथ स्पोर्ट क्लवका टिम प्रशिक्षक राघब कार्कीले जानकारी दिए । बिजेता र उपबिजेता क्लबलाई क्रमशः ५० हजार र २५ हजार रुपैया प्रदान गरेको आयोजकले जानकारी दिए ।
यस्तै तिज पर्वको अवसरमा कैलालीको धनगढी उपमहानगरपालिका १८ स्थित न्यू पृथ्वी युवा क्लबले आयोजना गरेको खुल्ला फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लव धनगढी र न्यु वुद्ध स्पोर्ट युवा क्लव बिच भएको फाईनल प्रतियोगितामा नेपाल पुलिस क्लव धनगढी बिजेता भएको छ ।
खेलको अन्तिम समय सम्म कुनै पनि टिमले गोल हान्न नसकेपछि ट्राईब्रेकरमा १–० गोलले नेपाल पुलिस क्लव धनगढी बिजेत र न्यु बुद्ध स्पोर्ट क्लव फुलबारी उप बिजेता भएको न्यु बुद्ध स्पोर्ट युवा क्लवका अध्यक्ष महेश गोलेले जानकारी दिए । प्रतियोगिताका बिजेत र उप बिजेतलाई क्रमश नगद २५ हजार र १५ हजार पुरस्कार प्रदान गरेको रामचन्द्र कार्कीले जानकारी दिएका छन् ।

Loading...



Loading…