उत्तर कोरीयाकोे रीस दक्षिण कोरीया सँग फेर्दै ट्रम्प

Loading...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पछिल्लो समयमा उत्तरले गरेको आणविक परीक्षणपछि दक्षिण कोरिया जिम्मेवार रुपमा जवाफ फर्काउन सक्ने अवस्थामा किन नदेखिएको होला भनी टिप्पणी गर्नुभएको थियो ।

उहाँले आइतबार उत्तर कोरियाले गरेको परीक्षणको लगत्तै गर्नुभएका कैयौँ ट्वीटहरुमा भन्नुभएको छ– दक्षिणले गर्ने भनेको उत्तरसँगको शान्तिपूर्ण वार्ता सम्भव छैन तर तिमीहरु (दक्षिण कोरिया) ले गर्ने भनेको कारबाही आक्रमणको बदला आक्रमण नै हो ।

त्यसपछि सोमबार बिहान दक्षिण कोरियाको तर्फबाट यो जवाफी फायरिङका रुपमा ब्यालेस्टिक क्षेत्रप्यास्त्र परीक्षणको कुरा आएको हो । यसअघि भने उत्तर कोरियाले बारम्बार यस्तो क्षेप्यास्त्रहरु परीक्षणगर्दा भने दक्षिणले विरोध मात्र गर्ने गरेको थियो ।

यस पटक भने दक्षिण कोरियाले पनि यो क्षेप्यास्त्र हानेको समाचार अनौठो रुपमा प्रचारमा आएको छ । उत्तरको क्षेप्यास्त्रका विरुद्ध दक्षिणले पनि यसरी क्षेप्यास्त्र नै हान्ने यो धेरै लामो समयपछिको घटना हो ।

तर यो परीक्षणपछि भने अमेरिकी राष्ट्रपतिको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । दक्षिण कोरियाली राष्ट्रपतिले भने उत्तरलाई राम्रो सबक सिकाउने र आवश्यक मात्रामा जवाफ दिने बताउनुभएको छ । रासस/एएफपी

Loading...



Loading…