आइपिएलको मुल्य १६ हजार करोड भारु

Loading...

इन्डियन प्रिमियर लिगको टेलिभिजन अधिकार स्टार इन्डियाले किनेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले स्टार इन्डियालाई दुई दशमलव पाच पाच बिलियन अमेरीकी डलरमा बेचेको छ ।

कुल पाच बर्षको अधिकार पाएको स्टार इन्डियाले २०१८ देखि २०२२ सम्म आइपिएल प्रसारण गर्न पाउने भएको छ । स्टार इन्डियाले टेलिभिजनका साथै डिजिटल राइट्सका लागि १६ हजार तीन सय ४७ दशलमव पाच करोड भारतीय रुपैया तिरेको हो । कुल २४ कम्पनीले टेन्डर आह्वान गरेपनि अन्तिममा १४ कम्पनी अक्सनमा बसेका थिए । अक्सनका लागि बीसीसीआइले सात वटा क्याटोगोरी राखेको थियो । जसमा भारतीय टेलिभिजन हुनुपर्ने, भारतमा डिजिटल कम्पनी हुनुपर्ने, अमेरीका, युरोप, मध्यपुर्वी र अफ्रिकामा प्रसारण अधिकार हुनुपर्ने रहेको थियो । जसमा स्टार इन्डिया फिट भएकाले उसलाई डिजिटल र टेलिभिजन अधिकार दिएको हो ।

यसअघि २००९ मा सोनी टेलिभिजनले आइसीएलको प्रसारण अधिकार एक दशलमव छ तीन विलियन अमेरीकी डलरमा नौ बर्षका लागि किनेको थियो । जुन यसै बर्ष सकिदैछ । हालको अक्सनमा पनि स्टार र सोनी पिक्सर्स नेटवर्कमात्र आइपिएलको प्रशारण अधिकारका लागि योग्य थिए ।

Loading...



Loading…