भदौ २८ गतेदेखि नयाँ नोट सटही

Loading...

काठमाडौं – दसैंंका लागि आउँदो २८ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गतेदेखि नयाँ नोट साट्न पाइने ब्यवस्था मिलाइएको जनाएको छ ।

ती बैकका शाखाहरुबाट ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले निकालेको सूचनामा नयाँ नोट एकजनाले २० हजारसम्म साट्न पाउनेछन् ।

यस्तै राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका काउन्टरबाट भने २७ हजार रुपैयाँ सम्म नोट सटही गर्न सकिनेछ । काठमाडौंको थापाथलीमा रहेको आफ्नो केन्द्रीय कार्यालयबाट नोट सटही हुने जानकारी पनि राष्ट्र बैंकले गराएको छ ।

Loading...



Loading…