प्रेमी दिलकै रोगिका कारण सुरजसंग बिहे गर्न सारिकाले मानिन

Loading...

दशरथ सिंह साउद

काठमाडौं – चर्चित मोडल सारिका केसिको पहिलो प्रेमका रुपमा चिनिने मोडल सुरज रावल दिलको रोगी भएका कारण प्रेममा असफल हुनु भएको छ ।

प्रसङ्ग भर्खरै बजारमा आएको लोक दोहोरी गित दिलको रोगीको हो । प्रेमी सुरज रावल दिलको रोगी भएकोले सारिकाले अरु संग नै बिहे गर्न लागेको भिडियोमा अभिनय रहेको छ ।
पछिल्लो समय चर्चामा रहनुभएका मोडेल सुरज रावल र सारीका केसीको अभिनय रहेको लोक दोहोरी गीत दिलको रोगीमा स्वर मेक्सम खाती क्षेत्री र योजना अधिकारी रहेको छ, भने शब्द सरद पाण्डे, लय ऋषी खड्का र निर्देशन बिक्रम चौहान र छायांकन बासु बरालले गर्नु भएको छ ।

पछिल्लो समयमा विभिन्न गितहरुमा मोडलको रूपमा छुट्टै पहिचान बनाउन सफल मोडल सुरज रावलको जन्म कंचनपुरको बेलौरीमा भएको हो ।
शान्ति उ. मा. वि. बाट २०६१ साल मा एस एल सि पास गरी महाकाली उ. मा.वि. बाट प्लस टु पास गर्नुभएका रावल पेशाले नेपाल प्रहरीमा कार्यरत छन ।

हालसम्म दर्जनौं गितमा मोडलिङ गरिसकेका रावल गितसंगीत र साहित्यमा निकै रुचि राख्ने गर्दछ्न । दर्शकहरुको माया पाए थुप्रै गितहरुमा उपस्थित हुने रावल बताउँछन ।

भिडियो हेर्न यो लिन्क मा क्लिक गर्नुहोस ।।

Loading...



Loading…