नक्कली बिल बनाई लैजादैं गरेको रेडिमेडका कपडा तथा कपडाका थान प्रहरी द्वारा पक्राउ

Loading...

रबिन्द्र बराल

रंगेली – माेरङकाे सुनबर्सि नगरपालिका २ स्थित डाईनियाँ पथरी सडक खन्डमा १७ गते बिहान पथरी तर्फ लैजादै गरेको मे १ त ४३०५ नम्बरको पिकप भेनमा बस्नेत सप्लार्यास काे नाममा नक्कली बिल बनाएर रेडिमेडका कपडा तथा कपडाका थान हरु समेत पक्राउ गरेको छ ।

गाेप्य सुचनाकाे अाधारमा ईलाका प्रहरी कार्यलय रंगेली काे गस्ती टाेलिले चेक जाँच गर्ने क्रममा १७ लाख बराबरको कपडा बरामद गरेको हाे । बिराटनगर ६ बस्ने बर्ष ३० का अशाेक सहनि र गाडिचालक बर्ष ३५ का सुमन शेर्पा समेत पक्राउ परेका छन ।
बरामद गरेको कपडा १९ गते राज्स्व अनुसन्धान पुर्वा अन्चल क्षेत्रीय कार्यलय ईटहरीमा बुझाएको ईलाका प्रहरी कार्यलय रंगेली का सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।

Loading...



Loading…