मुसहर बासीले कस्ता उम्मेदवार चाहान्छन ?

Loading...

बर्दिबास : ‘सबै रंगका नेताहरु भोट माग्न घरमा आउँछन् । भोट मलाई दे, मलाई दे भन्छन्,’ गौशाला नगरपालिका—४ मलहनियाँकी ३० बर्षीय लखियादेवी मुसहरले भनिन्,‘ घर बाढीले लडाइदियो । अब कहाँ बस्ने ठेगान छैन । न खाने अन्न छ । गाउँ चहारेर पिउने पानी ल्यानुपर्छ ।’ बावापुर्खादेखी औलानी जग्गामा बसेका उनको बसोबास छ । बसेको जग्गाको लालपुर्जा हातमा छैन । कसले कति खेर भगाई दिन्छ, चिन्ताले उनी पिरोलिएकी छिन् ।

मानिस एक पुस्ता गरिव हुन्छ, दुई पुस्ता । तर, लखियादेवीका परिवार पुस्तौंनी रोग, भोक, शोक, अशिक्षाले थलिएका छन् । लखियादेवीले आफ्नो पीडा पोखेर विट मारिन् । बर्खापछि लागेको प्रचण्ड घाममा पिपल रुखको छहारीमा भेटेमा ४८ बर्षीय हरदेव मुसहरले दुःखका पोकाहरु खोले ।
‘घर सडकमै छ । सडक बन्दै छ । अब हाम्रो घर उठ्नेभयो,’ हरदेवले चिन्ता जाहेर गर्दै भने,‘हामीलाई कसैले वास्ता गर्दैन ।

चुनाव आएभने नेताहरु भोट लिन संग मात्र मतलब राख्छन् ।’ मलहनियाँमा हरदेव परिवारको चार पुस्ताको बसोबास छ । उनको बुवा कन्ना , हजुर वुवा सैनिया पनि मलहनियाँमै स्वर्गीय भए । हरदेवका १ छोरा र ४ छोरी छन् । यसरी हेर्दा हरदेवको चार पुस्तौंनिको बसोबास छ । हरदेव भन्छन्,‘मैले आफ्नो जीवनमा चार वटा चुनावमा भोट हालेर चार उमेदवार जिताए । मैले जिताएको नेता मन्त्रि बन्यो । मुसहरको दुःख बीसको उन्नाइस भएन । ज्युँको त्युँ छ।’

‘विगत्मा नेताहरुले मुसहर जस्ता गरिवको भोट नोट दिए खरिद गरे । मुसहरहरुलाई दारु र मासुको भोज खुवार भोट तानेर जिते,’ हरदेवकै गाउँले रामतार मुसहर भन्छन्,‘हामी पुस्तौंनी पीडाबाट तंग्रि रहेका छौं ।’ रामतारको कुरामा उनको ६० बर्षीय हजुर वुवा मुनेश्वर मुसहर थप्छन्,‘ नेताहरु होसियार भएहुन्छ । अब मुसहर दारु र मासुमा बिक्दैन । हामी बसेको जग्गाको लालपुर्जा दिएर घर बनाई दिनेलाई हामी भोट दिन्छौं । गरिवलाई भलाई गर्नेलाई नेताले यसपालिको चुनावमा भोट पाउँछ । जो गरिवलाई हेर्छ उही हाम्रो देवता हो ।’

हरदेवको गाउँमा ४० घरधुरीको झन्डै २५० जनामा मुसहरको बसोबास छ । बस्तीमा एक जना सुनिल मुसहर बोडिङ्गको ७ कक्षामा पढ्छन् । सुनिल बाहेक अधिकांस बालबालिकाहरु स्कूल बाहिरै छन् । उनीहरु आफ्ना दिनहरु खन्दै मुसा पर्ने काममा खर्चिन्छन् । केही बस्तीका बच्चाहरु नजिकैको जनता मा.वि रजखोरमा जान्छन् । तर, उनीहरुलाई पढाउन शिक्षकहरु चेष्टा नगरेको मुसहर समुदायको गुनासो छ ।

‘हाम्रो छोरा छोरीलाई माटरहरुले पढाउँदैन । भगाई दिन्छ,’ बस्तीकी गृहिनी कलसी देवी मुसहरले भनिन्,‘हामीलाई सबै कुरा दुखैछ । पानी लिन गाउँ चहानु पर्छ । घरमा विजुली छैन ।’ बस्ती अगडी पोलमा तार टाँगिएको छ । लाइन पनि छ । तर मुसहरहरुसंग विजुलीको मिटर राख्ने पैसा नहुँदा उनीहरु अहिले पनि टुक्कीको भरमा जीवन विताउँदै आएका छन् । उनी अघि थप्छिन्,‘छोराछोरीलाई विद्धान बनाउने नेताहरुलाई चुनावमा भोट दिन्छु ।’

‘बनिवुतो गरेर दिनको बलतल्ल मुसहरहरुले ३ सय कमाउँछन् । त्यसैमा दाल, चामल, तिमन तरकारीको किन्नु पर्छ,’ बस्तीकी २५ बर्षीय रजीता सदाले भनिन्,‘ एक दिन काम पाएन भने भोकै बस्नु पर्छ । हाम्रो लागि कोही छैन यहाँ । चुनाव लाग्यो की नेताहरु हात जोड्दै गाउँ पस्छन् । मलाई भोट दे । जित्यो भने जे भन्छौ त्यही गरिहिन्छु तिमीहरुलाई । जितेर गएपछी देह देखाउन पनि नेताहरु गाउँ आउँदैनन् ।’

मलहनियाँका मुसहरका मात्र यो पीडा होइन् । यो तराई मधेसमा बसोबास गर्ने २२ जिल्लाका मुसहरहरुको पुस्तौंदेखिको साँझा पीडा हो । महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, उदयपुर, सिन्धुली, मोरङ्ग, झापा, नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं लगायत लाखौं मुसहरहरु आफु बस्दै आएका जग्गाको लालपुर्जाबाट वञ्चित छन् ।

मुसहर समुदायले बर्षाै देखि घर बनाई भोग चलनगर्दै आएका जग्गाको लालपुर्जा उनीहरुको नाममा प्रदान गरिनु पर्ने, मुसहर समुदायको सांस्कृतिक धरोहरको रुपमा रहेको शबरीमाता र दिनाभद्रीको नाममा रहेको जग्गा मुसहर समुदायलाई उपलब्ध गराउनु पर्ने र मुसहरहरुको समग्र समस्याको समाधानको लागि मुसहर आयोगको अबिलम्व गठन गर्नु पर्ने तीन बुदें माग सहित उनीहरुले फाल्गुण ८ गते जिल्ला जिल्लाका सिडियो मार्फ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । उनीहरुको पीडामा मलहम पट्टी गर्न न नेता तयार भए न त सरकार नै । देशमा तन्त्र फेरीयो तर मुसहर समुदायको जीवन स्तर जस्ताको त्यस्तै छ ।

नागरिकता, बसोबास गरेको जग्गाको लालपूर्जा, गाँस, बास, कपासको व्यस्था, स्वास्थ्य, मुसहरलाई महादलितमा सुचिकृत गरि सोही अनुसारको व्यवस्था गरिनु पर्ने, दिनभद्रीलाई राष्ट्रिय विभुति घोषणा गरिनु पर्ने माग रहेको मुसहरहरुको हकहितका लागि काम गर्ने भोर संस्थाका अध्यक्ष राजकुमार महतोले बताए । उनका अनुसार ८० प्रतिशत मुसहर नागरिकताबाट वञ्चित छ ।९५ मुसहर बसोबास गर्ने जग्गाको लालपुर्जा पाउन सकेका छैनन् ।

गाउँको साँहुमहाज र जमिन्दारबाट अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन जस्ता सबै खाले पीडा भोगिरहेका मुसहरहरु आउँदो पुस्ताको जीवन सुरक्षित बनाउन उमेदवारमा दलिय नै तोकेर कोटा छुट्याई दिएपछी खुशी भएको एकिकृत नमुना मुसहर बस्ती बर्दिबासका अध्यक्ष विल्टु सदाले बतताए।

गाउँ ब्लोक जग्गामा विगत् ६० बर्षदेखि बसोबास गरिरहेका महोत्तरीको बिजलपुरा चल्कीका लटुवा सदालाई आफु बसेको जग्गाको लालपुर्जा हेरेर मर्ने इच्छा छ । तर, सरकारले उनले भोगचलन गरिरहेको जग्गाको लालपुर्जा दिन काम नथालेकोमा गुनासो छ । उनले भने,‘बुढेसकालमा अझै पनि जग्गाको लालपुर्जा माग्दै आन्दोलन गर्नु दुर्भाग्य नै भन्नु पर्छ । ’

देशभरका अधिकांश मुसहरहरु भुमिहिन, गरिव र अशिक्षित भएकाले सरोकारवाला निकायहरु समेत उपेक्षा गर्दै आएको हतिसर्वाका बौएलाल सदा बताउँछन् । अझैपनि भारतसंग जोडिएको महोत्तरीको बथनाहा मधवा गाउँका पचासौं मुसहर घरपरिवार आफ्नै भुमि नभएर दशगजामा बसोबास गर्दै आएका छन् ।

Loading...



Loading…