खुल्यो उत्तर कोरियाका शासक किमको सनसनीपूर्ण रहस्य, यस्तो थियो उनको ‘थ्री इडियट्स’ स्टाइल

Loading...

एजेन्सी। उत्तर कोरियाका शासक किम जोङ उनको बारेमा निकै सनसनीपूर्ण खुलासा भएको छ । उनले बाल्यकालमा स्विजरल्याण्डमा हिन्दी फिल्म थ्री इडियट्सको स्टाइलमा काम गरेको रहस्य खुलेको हो । उनले स्विजरल्याण्डमा आफ्नो पहिचान लुकाएर कोरियाली दुतावासका कर्मचारीको छोराको रुपमा पढेका थिए । उनले पाक उनको नामबाट पढेका हुन् ।

उनलाई स्कुलमा पढाएका शिक्षकहरुले उनको बाल्यकालको बारेमा यस्तो खुलासा गरेका हुन् । शिक्षकहरुका अनुसार किम सानो छँदा अहिलेको स्वभावको ठिक विपरित थिए । किमले २०११ देखि उत्तर कोरियाको नेतृत्व गरेका हुन् । उनले पढेको स्विजरल्याण्डको स्कुलका शिक्षकहरुले सानो छँदा किन निकै मेहनती र सिधासादा भएको बताएका छन् ।

उनी सानो छँदा बास्केटबल खेल्ने सौखिन थिए । उनी १९९१ मा ७ वर्षको उमेरमा स्विजरल्याण्ड आएका थिए । उनी सानैदेखि निकै महत्वाकांक्षी भएको शिक्षकहरु बताउँछन् । किम सानोमा निकै राम्रोसँग जर्मन भाषा बोल्थे र उनी हाँसोठट्टा गर्नमा पनि एक नम्बर थिए ।

Loading...



Loading…