‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक गर्न ज्योतिषले दिए यो समय

Loading...

गतबर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल ‘छक्का पन्जा २’ ले यसबर्ष गज्जबको ब्यापार गर्ने सबैले अपेक्षा राखेका छन् । चलचित्रको टीजर सार्वजनिक भईसकेको छ भने दुई ओटा गीतहरु पनि सार्वजनिक भईसकेको छ ।

चलचित्रका गीतहरुले निकै चर्चा पाईरहेको छ । पहिलो गीतले आजको दिनसम्म ८० लाखभन्दा धेरैपटक हेरिसकिएको छ । यस्तै चलचित्रको दोश्रो गीत ‘म यता किनारमा’ले पनि पछिल्लो समय एदमै चर्चा र बिवादमा आएको छ । दोश्रो गीत ‘म यता किनारमा’लाई आजको दिनसम्म १२ लाख भन्दा बढिपटक हेरिसकिएको छ । चलचित्रको पोस्टरलाई पनि धेरैले मन पराएका छन् । चलचित्रको पोस्टरको पनि एकदमै राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

अब दर्शकहले चलचित्रको ट्रेलरलाई कुरिरहेका छन् । धेरै दर्शकहरुले कहिले आउँछ भन्ने जिज्ञासा आएपछि चलचित्रका निर्माता दीपकराज गिरीले ट्रेलर बुधबार आउने जानकारी यसअघि गराएका थिए । दीपकले आज चलचित्रको ट्रेलर आउने समय समेत बताएका छन् । चलचित्रको ट्रेलर भोलि साँझ ६ बजेर ५ मिनेट २ सेकेण्डमा सार्वजनिक गरिने भएको छ ।

गज्जबको अनलाईनसँग कुरा गर्दै निर्माता दीपकराज गिरीले भने, ‘चलचित्रको ट्रेलर हामीले ज्योतिष बुशेष थापा सँग सल्लाह गरेर सार्वजनिक गर्ने भएका हौँ । हामीले गुरुसँग समय लिँदा गुरुले सोहि समय राम्रो रहेको बताउनुभएकोले हामीले अब ट्रेलर भोली साँझ ६ बजेर ५ मिनेट २ सेकेण्डमा सार्वजनिक गर्ने भएका हौँ ।’ चलचित्रको यसअघि सार्वजनिक टिजर, पोस्टर र गीतहरु दर्शकले धेरै रुचाएका छन् ।

Loading...



Loading…