आशीर्वाद पेन्ट्सद्बारा सम्मान तथा प्रशिक्षण कार्यक्रम

Loading...

-विशाल पाण्डेय

कैलाली  – आशीर्वाद पेन्ट्सले देशको विभिन्न ठाउँमा पेन्टर तथा व्यवसायी वीच अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ।
त्यस्तै कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं २ साढेपानीमा सोमबार एक कार्यक्रम बिच पेन्टरलाई तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कम्पनीका म्यानेजीङ्ग डाइरेक्टर दुर्गा प्रसाद चौलागाईंले प्राइमरी इनामेल लगाएतका २२ प्रकारका विभिन्न किसिमको पेन्ट उत्पादन गर्दै आइरहेको बताउनु भयो। चौलागाईंका अनुसार ग्राहको माग लाई मध्य नजर गरि उत्पादन ३ किसिमको रहेको र पहिलो उत्पादन ७ बर्ष वारेन्टी तथा अन्य दुई किसिमको बराबर क्वालिटीको पेन्टस रहेको जानकारी गराउनु भयो ।

पेन्ट मात्र राम्रो भएर हुदैन लगाउनेमा पनि खुबी हुनुपर्दछ , त्यसैले पेन्टरहरुलाई ६ / ६ महिनामा प्रशिक्षण दिइरहेका छौ चौलागाईंले भन्नुभयो । कार्यक्रममा कैलालीको पहलमानपुर ,देखि टिकापुर सम्मका पेन्टर मजदुरहरुलाई साइकल , पंन्खा , लगायतका अन्य उपहारहरु गरि करिब ३५ जनालाई वितरण गरिएको थियो ।

त्यसैगरी बिभिन्न किसिमका डिलरहरुले आफ्नो तार्गेट पूरा गरेको भएर केही दिन अगाडि २१ जनालाई थाइल्यान्ड टुर लगिएको पनि चौलागाईंले जानकारी दिनुभयो।
हाम्रो सबै उत्पादनहरु गुणस्तरीय भएको हुनाले उपभोक्तालाई निर्धक्क भएर प्रयोग गर्न समेत चौलागाईंले आव्हान गर्नुभयो ।

साथै मंगलबार महेन्द्रनगरमा सम्मान तथा प्रशिक्षण दिने कार्यक्रम रहेको बताउनु भयो।
आशीर्वाद पेन्ट्सले आफ्नो पेन्ट उत्पादन सुरु गरेको ५ बर्ष भयो हामिले यो समयमा विभिन्न नयाँ किसिमका पेन्टसहरु उत्पादन गरेका छौ र अहिले झलारी देखि पोखरा सम्म आफ्नो पेन्ट्सहरु बिक्री गर्दै आइरहेका छौ म्यानेजिन्ङ्ग डाइरेक्टर दुर्गा प्रसाद चौलागाईंले बताउनु भयो।

Loading...



Loading…