नेपाल विरुद्धको खेलका लागि हङकङ टिमको घोषणा

Loading...

हंगकंगले नेपालसँग विश्व क्रिकेट लिग च्याम्पियानसिपको छैठौं चरणको खेलको लागि १४ सदस्यीय टोलीको सोमबार घोषणा गरेको छ ।

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा हंगकंग पोइन्ट्स टेबलमा १० खेलबाट ११ अंक सहित तेस्रो स्थानमा छ भने नेपाल समान खेलमा ८ अंक सहित छैठौं स्थानमा छ। नेपालले हंगकंग र युएईसंग २-२ खेल खेल्न बाँकीछ l प्रतियोगितामा उत्कृस्ट हुने ४ वटा टिमले २०१८ बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउने अवस्थामा नेपाललाई उत्कृस्ट ४ मा पर्न बाँकी अधिकाँश खेलहरु जित्नुपर्ने दबाब रहेको छ । यहि अक्टोबर १३ र १५ तारिकमा हंगकंगको मिसन रोड क्रिकेट मैदानमा नेपाल र हंगकंग बीच खेल हुनेछ।
नेपालले यसै बर्ष मार्चमा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिग टिम्स एसिया कपमा हंगकंगको सामना गरेको थियो जसमा नेपाल ७ विकेटले बिजयी भएको थियो । च्याम्पियनसिप अन्तर्गत नेपालले मार्चमा केन्यासंग १ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो ।

हंगकंग टिम बाबर हायतको कप्तानीमा रहनेछ भने २४ बर्षीय एजाज खानको स्थानमा १९ बर्षीय ओपनर आयुस्मन राथलाई टोलिको उपकप्तानीको जिम्मेवारी दिएको छ। त्यस्तै टोलीमा १७ बर्षीय लेग-स्पिनर जथावेद सुब्रमन्यनलाई पनि स्थान दिईएको छ ।

यस्तो छ टिम :-

बाबर हायत ( कप्तान )
आयुस्मन राथ ( उपकप्तान )
जेमी अट्कीन्सन
क्रिस कार्टर
निजाकत खान
सहिद वासिफ
एहसान खान
एजाज खान
वकास खान
तनवीर अफजल
एहसान नवाज
तनवीर अहमद
जथावेद सुब्रमन्यन
काएल क्रिस्टी

Loading...



Loading…