कपिलको स्वास्थ्यले होईन, यसकारण बन्द भयो कपिल शर्मा शो

Loading...

कपिल शर्मा को शो ‘द कपिल शर्मा शो’ बन्द भएको छ । शो मा कति समय रोकिएको हो भन्ने अहिले नै आधिकारिक जानकारी नआएता पनि यो शो बन्द हुनुको कारणबारे एउटा नयाँ नाम बाहिर आईरहेको छ ।

शो बन्द हुनुको मुख्य कारण राजीव ढींगरा बताईएको छ । राजीव कपिल शर्माको आगामी फिल्म ‘फिरङ्गी’ का निर्देशक हुन् । खासमा सुनीलले शो छोडेपनि शोका अरु कलाकारहरुपनि शो मा आउन मानिरहेका थिएनन् । जसमा अली असगर, सुगंधा मिश्रा र डाक्टर संकट भोसले पर्छन् । त्यसपछि शो को टिआपी लगातार घटिरहेको थियो त्यसकारण कपिलको क्रियटिभ निर्देशकको रुपमा नियुक्ती गरिएको थियो ।

जानकारीका अनुसार राजीवले शो को टीमलाई सम्हाल्न नसकेका हुन् । राजीवले समयमा स्क्रिप्ट दिन सकिरहेका थिएनन् । जसले गर्दा शो को क्वालिटीमा असर परिरहेको थियो । टीमका कयाँै मानिसहरुलाई राजीव मन नपरेको समेत बताईएको छ । यो भन्दा पनि अचम्मको कुरा त के हो भने टीमका कयौँ मानिसहरुले राजीवलाई मन पराउँदैनथेँ भने कपिल राजीवलाई नै शो मा राख्न चाहन्थे । यसकारण कपिलको स्वास्थ्यको कारण सुटिङ रोकिएको भनेर बाहिर खबर फिजाइएको थियो ।

Loading...



Loading…