यी नायकको फिल्मले तोड्यो ‘बाहुबली’ले बनाएको रेकर्ड, ११ दिनमा कमायो यति करोड

Loading...

साउथका सुपरस्टार अजीतको फिल्म ‘विवेगम’ले बक्स अफिसमा एक पछि अर्को रेकर्ड बनाइरहेको छ । रिलिज भएको ११औँ दिनसम्म फिल्मले वल्र्डवाईड १५२ करोड रुपैँया कमाएको छ । यतिमात्र नभएर ३ दिनमै फिल्म करोड क्लबमा समावेश भईसकेको थियो ।

भारतको चेन्नईको कुरा गर्ने हो भने ‘विवेगम’ले प्रभासको फिल्म ‘बाहुबली’ को रेकर्ड तोडेको छ । विवेगमले अहिलेसम्म चेन्नईमा ८.५० करोडको कमाई गरेको छ । जबकी बाहुबलीले चेन्नईमा ८.२५ करोड मात्र कमाएको छ । ‘बाहुबली’ ले चेन्नईमा तीन दिनमा ३.२४ करोड कमाएको थियो भने अजीतको फिल्मले ४.२८ करोड रुपैँयाको कमाई गरेको छ । ‘विवेगम’ले पहिलो दिनमा २५.८३ करोडको कमाई गरेको थियो ।

Loading...



Loading…