छोरी न्यासाको कारण अजयले लिईरहेका छन् स्लिपिङ ट्याबलेट

Loading...

उसो त अजय देवगन आफ्नो गंभिर स्वभाव र खुलेर आफ्नो मनको कुरा नभन्ने नायकको रुपमा परिचित छन् । तर हालै उनले आफ्नो छोरी न्यासाको बिषयमा आफ्नो चिन्ता लिएको खबर बाहिर आएको छ ।खासमा एक अन्तर्वार्ताको दौरान छोरीको कारणले आफुले स्लिपिङ ट्याबलेट लिईरहेको बताएका छन् ।

जब अजयलाई किन यस्तो गर्नुपर्यो भनेर सोधियो तब उनले यसको बारेमा खुलासा गरेका छन् । अजयले भने, ‘मेरो छोरी हालै आफ्नो अगाडीको पढाईको लागि घरबाट टाढा गएकी छिन् । यसकारण म उसको अभाव महसुस गरिरहेको छु र मलाई ठिकसँग निन्द्रा पनि आईरहेको छैन ।’ मिडिया रिपोर्टका अुनसार यहि कारण उनले स्लिपिङ ट्याबलेट लिईरहेका छन् ।

Loading...



Loading…