रञ्जित तामाङले सम्हाले पदभार

Loading...

काठमाडौं । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले मंगलबार पदभार सम्हालेका छन् ।

क्रान्तिकारीको काठमाडौंमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष तामाङले मंगलबार कार्यालय पुगी पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले निर्णय पुस्तिका हस्तान्तरण गरेर कुर्सीमा वहाल गराएका थिए । पदभार ग्रहण गर्दै तामाङले विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको आन्दोलनबाट उत्तरहरुको आन्दोलन बनाउन लागिपर्ने वताए।

तामाङ क्रान्तिकारीको इतिहासमा नै पहिलोपटक प्रत्यक्ष निर्वाचनबाट नेतृत्वमा आएका हुन् । शनिबार बिहान सम्पन्न मतगणनामा तामाङले ८ सय ४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८ सय २२ ल्याएका थिए । तामाङसहितको क्रान्तिकारीको नवनिर्वाचित कार्यसमिति सदस्यले सोमबार राष्ट्रियसभा गृहमा एक समारोहबीच शपथ लिएका थिए ।
क्रान्तिकारीको अन्य निर्वाचितमा खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम छन् । यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित भए । महिला उपमहासचिवसहित ९८ जना निर्विरोध निर्वाचित भएका थिए ।
राष्ट्रिय सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ नयाँ कार्यसमिति चयन गरिएको छ ।
कान्तिपुरमा खबर छ ।

Loading...



Loading…