महेन्द्रनगरको मझगाउँ विमानस्थल पुन: संचालनका लागी आन्दोलनको तयारी

Loading...

पुष्कर भट्ट

कञ्चनपुर – ७ नम्बर प्रदेश कञ्चनपुरको बन्द रहेको मझगाउँ विमान स्थल पुनः संचालन गर्न महेन्द्रनगरमा दवाव समुह गठन गरिएको छ ।

बिहीबार महेन्द्रनगरमा यहाँका नागरिकको बृहत एक भेलाले बन्द रहेको विमान स्थल संचालन गर्न सरकारलाई दवाव दिन समुह गठन गरिएको हो । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षतामा दवाव समुह गठन गरिएको छ ।

समितिमा कञ्चनपुर होटेल व्यवसायी संघ, महाकाली सेती यातायात समिति, पवनदुत यातायात समिति, नमस्ते मानव यातायात समिति, नेपाल पत्रकार महासंघ, विभिन्न गैर सरकारी संस्था नागरिक समाज, बुद्धिजिवी व्यवसायी लगायत सर्वसाधारण रहने छन् ।
मझगाउँ विमान स्थल पुन संचालनका अभियन्ता एव पत्रकार खेम भण्डारीले ५० बर्षदेखि बन्द रहेको विमान स्थल संचालन हुन नसक्दा यहाँका नागरिक समस्या रहेको बताउछन ।

समितिले सरकारलाई दवाव दिन भदौँ अन्तिमसाता जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईने छ ।
मझगाउँ विमान स्थल संचालन गर्नका लागि राज्यले पटक पटक वेवास्ता गरेका कारण बन्द भएको दुई दशक वितिसक्दा पनि पुन संचालन हुन नसकेको दुखेसो पोखे ।
प्रर्याप्त जमिन हुँदा हुँदै पनि सरकारले वेवास्ता गरेको छ यो विमान स्थल संचालनका लागि नागरिक स्तरबाट अग्रसर हुनुपर्ने भण्डारी ले बताए ।

यहाँका स्थानीयले सरकारले विमान स्थल निर्माणका लागि तदारुकता नदेखाए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । आन्दोलन परिचालन समितिले सरकारले विमान संचालन नगर्दा सम्म आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

Loading...



Loading…