कालाबजारी र भ्रष्टाचारीहरुलाई कार्बाही गराउन क्रान्तिकारी माओवादी द्धारा स्थानिय प्रशासनको ध्यान आकर्षण ।

Loading...

जनक ताम्राकार

ओखलढुंगा – नजिकिदो चाडवाड सगै जिल्लामा कालाबजारी र महंगी भित्रिएको भन्दै कार्बाही गर्नको लागि नेकपा क्रान्तिकारी माओवादिले स्थानिय प्रशासन को ध्यान आकर्षण गराएको छ । नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा ओखलढुङ्गाको बिहिबार सम्पन्न संयुक्त बैठकको निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कुरा जानकारी गराईको हो ।

हिन्दु नेपालीहरुको महान् चाड विजया दशमी तथा दिपावली भित्रीदै गर्दा यातायातका साधनहरुमा मनपरी भाडालिने गरेको गुनासाहरु आउन थालेका छन् । त्यस्तै चाडवाड सुरुहुनै लाग्दा जिल्ला भित्र महंगी, कालाबजारी, अखाद्य वस्तुको मिसावट र भ्रष्टाचार बृद्धि भएको भन्दै त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने क्रान्तिकारी माओवादीले जनाएको छ । यदी प्रशासनले नियन्त्रणका लागि आवश्यक पहलकदमी नचाले नेकपा क्रान्तिकारी माओवादीले संघर्षका कार्यक्रम गर्ने जनाएको छ ।

कार्यक्रममा क्रान्तिकारी माओवादीले ओखलढुङ्गाको नयाँ संघिय संरचना अनुसारको पार्टी संरचना समेत निर्माण गरेको जनाएको छ । आगामी असोजमा हुने क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलनलाई सफल बनाउन समेत लागी पर्ने पत्रकार भेटघाटमा जानकारी गराईएको छ ।

क्रान्तिकारी माओवादीका पार्टी सचिवालय सदस्य तथा प्रदेश नं. १ का संयोजक अग्नीज्वाला र देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश नं. १ का संयोजक नगेन्द्र राईको उपस्थितीमा संयुक्त बैठक बसेको क्रान्तिकारी माओवादी ओखलढुङ्गाले जनाएको छ।

Loading...



Loading…