एचडिसिएस ले हात पार्याे आईपिएमएको स्वर्ण पदक ।

Loading...

जनक ताम्राकार  

ओखलढुंगा – मानब बिकाश तथा सामुदायिक सेवा एचडिसिएसले अन्तराष्ट्रिय स्तरबाट स्वर्ण पदक पुरस्कार हात पारको छ । एचडिसिएसको जनस्वास्थ्य कार्यक्रम अन्तरगत मातृ तथा बाल शिशु सेवा मार्फत बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै आईपिएमएले स्वर्ण पदक पुरस्कार प्रदान गरको हो ।

मातृ शिशु तथा बालबालीकाको क्षेत्रमा कार्यरत बिश्वभरका कृयाशिल संघसंस्था मध्यबाट पहिलो स्थानमा छनोट भई एचडिसिएसलाई स्वर्ण पदक प्राप्त भएको एचडिसिएसका संञ्चार बिभाग संयोजक बिजय कुमार मानन्धरले जानकरी दिनुभयो ।

मानब बिकाश तथा सामुदायिक सेवा एचडिसिएस ले सञ्चालन गरको जनस्वास्थ कार्यक्रम सन २०१२ देखी रुकुम जिल्ला र २०१६ देखी लम्जुङमा सञ्चालन भैरहेको छ । जनस्वास्थ कार्यक्रम अन्तरगत नै मातृ शिशु तथा बाल स्वास्थ कार्यक्रम सञ्चालन गरि सो क्षेत्रको सुत्केरी आमा तथा तिनका बालबालीहरुलाई सहयोग गर्दैै आएको छ ।

यो संगै एचडिसिएसले समुदायमा सञ्चारको क्षेत्रबाट टेवा पुर्याउने उदेश्यले देशका तिन जिल्ला ओखलढुंगा,डडेल्धुरा र रुकुम जिल्लामा सामुदायिक रेडियो समेत सञ्चालन गरिरहको छ ।

Loading...



Loading…