धनगढीमा उत्पादन हुने ‘ग्लेसियर’ ब्रान्डको पानीमा फोहर भेटियो, उपभोक्ताद्धरा कार्वाहीको माग

Loading...

पाण्डव पुजारा
धनगढी – ग्लेसियर ब्रान्डको पिउने पानीमा फोहर भेटिएको छ । धनगढीमा एक कार्यक्रमका सहभागीहरुले पानी पिउने क्रममा मिनरल वाटरको सिलबन्दी गरिएको बोतलमा शुक्रबार फोहर भेटिएको हो ।

फारवेष्ट फुड एण्ड ब्यावरेज ईण्डटिज प्राईभेट लिमिटेडले उत्पादन गरेको ग्लेसियर ब्राण्डको सिलबन्दि गरिएको पानीको बोतलमा फोहोर भेटिएको हो । ग्लेसियर पानीमा फोहर भेटिएपछि उपभोक्ताहरुले तिब्र असन्तुष्टी व्यक्त गरेका थिए । पानीमा फोहर भेटिएपछि कार्यक्रमका सहभागीहरुले क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीलाई ग्लेसियर पनिका सम्बन्धमा जानकारी गराएका थिए ।

क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रतिनिधीहरुले ग्लेसियर पनिका पाँच बोटल नमुनाका लागि परिक्षणका लागि जफत समेत गरेको छ । अनुसन्धानका त्रममा फोहोर भेटिएका केहि बोतलहरु प्रयोगशालामा निरिक्षण गर्न लगेको छ । पानी पिउन गुणस्तरिय नभएको प्रमाणित भए पानीलाई निरिक्षण गरेर उत्पादकलाई प्रयोगशालाको रिपोर्टको आधारमा कारवाहिको पक्रिया अगाडी बढाउने क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य निरिक्षक कृष्णदत्त लेखकले बताएका छन् । ग्लेसियर पनिमा महिला अधिकारकर्मि गीता सोडारीले पानीमा आलुको छोर्का र जराहरु भेटीएको बताईन् । उनले एक बोतालमा नभई ५ वटा बोतलमा भएको बताए । पानी बिना मान्छे बाँच सक्दैन, उनले भनिन् पानीलाई उचित तरिकाले प्रशोधन गरेर बजारमा वितरण गर्न आवश्यक छ । साथै उनले फोहोर पानी उत्पादन गर्नेलाई कडा कारवाही गर्न आवश्यक रहेको बताईन् । उपभोक्ता हित संरक्षण मन्च कैलालीका अध्यक्ष धनपती ढुङ्गेलले उत्पादकले उपभोक्ताको हितप्रति चरम लापरवाही गरेको बताए । उनले नियमनकारी निकायले तत्काल अनुगमन गरी तत्काल कार्वाहीका लागि अगाडी बढाउनु पर्ने बताए । यस सम्बन्धमा ग्लासियर कम्पिनीका संचालक ओम प्रकाश गीरी संग टेलिफोन सम्पर्क गर्दा आफुलाई कुनै जानकारी नभएको र उत्पादन गर्ने व्यक्तिहरुसित यस सम्बन्धमा बुझ्ने प्रतिक्रिया दिए । संचालक गीरीले हाल सम्म पानीलाई प्रशोधन गरेर बजारमा पठाउने गरेको बताए ।

Loading...



Loading…