जुवा खेल्दै गरेको अवस्थामा १ लाख ९० हजार ८६ रुपैयाँ सहित १६ जुवाडे पक्राउ

Loading...

कैलाली – जुवा खेल्दै गरेको अवस्थामा १ लाख ९० हजार ८६ रुपैयाँ सहित बौनियाबाट १६ जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यलय बैनियाले गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनी हरुको साथबाट नगदको साथमा २ गड्डी तास १ त्रिपाल १ दन पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका जुवाडेहरुलाई ईलाका प्रहरी कार्यलय सुखडलाई मुद्दा चलाउनका लागि जिम्मा लगाएको छ ।

जुवाडेहरुलाई जुवा तास ऐन बमोजिम कारबाही गरीने ईलाका प्रहरी कार्यलय सुखडले जनाएको छ । दशै तिहार नजिकीदै गर्दा जुवातास खेल्ने र खेलाऊने को सख्या बृद्धी हुन सक्ने हुदा प्रहरीले सक्रियता बढाएको छ ।चाडपर्वको बेला गाँउ घर तथा शहर बजारमा यस्ता घट्ना घट्ने भन्दै त्यस्ता कुनै घतिबीधी भयको जानकारी पाए तुरुन्त खवर गर्न प्रहरी ले अनुरोध गरेको छ ।

Loading...



Loading…