१२ गोल ठोक्दै मोरङका डाँगीहाट युथ क्लवको शानदार बिजयी

Loading...

रबिन्द्र बराल

रंगेली – मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ को आइतबारकाे खेलमा डाँगीहाट फुटवल क्लव बिजयी भएकाे छ । खेलमा डाँगीहाट युथ क्लव माेरङले ३ का बिगरीयाे १२ गोलकाे गर्दै धनकुटा फुटवल क्लब धनकुटालाई पराजित गरेको हाे ।

खेलको ८ औँ मिनेट र ११ अाै मिनेटमा डाँगीहाटका सुनिल खड्काले गाेल गर्दै खेल २-० काे अग्रता दिलाए । खेलकाे १८ अाै मिनेटमा धनकुटाका लुङग्रीहाङ राईले १ गाेल गरे भने २४ अाै मिनेटमा पुर्न सुनिल खड्काले गाेल गर्दै हेट्रिक पूरा गरे । धनकुटाका दिवश लिम्बुले खेलकाे ३३ अाै मिनेटमा गाेल गर्दै खेल २-३ अनतरमा पुर्याए भने खेलकाे ३९ अाै मिनेटमा उमेस कार्की र पहिलाे हाफकाे ईन्जुरीमा उमेस राईले गाेल गर्दै खेल २-५ काे अग्रतामा पुर्याए । दाेस्राे हाफकाे ५२ अाै मिनेटमा निसान लिम्बू र ५७ अाै मिनेटमा सुनिल खड्काले गाेल गर्दै डाँगीहाटलाई २ का वीरूद्घ ७ गाेलकाे अग्रता दिलाए ।

खेलकाे ५९ अाै मिनेटमा डाँगीहाटका किपर किसाेर राईले फल गरेपछी पेन्लटीमा धनकुटामा अबिनास राईले गाेल गर्दै ३ गाेल पुर्याए पनि धनकुटाका छिरिङ राई खेलकाे ६१ अाै मिनेटमा र ६४ अाै मिनेटमा सुनिल खड्काले गाेल गर्दै खेल ३ का बिरुद्ध ९ गाेलकाे अग्रता दिलाए । निकै दबाबमा राखेकाे धनकुटालाई खेलकाे ७१ अाै मिनेट र ७६ अाै मिनेटमा अर्जुन कार्की २ गाेल गरे ७३ अाै मिनेटमा बिबेक पाैडेलले १ गाेल गर्दै खेल ३ का बिरुद्घ १२ गाेलकाे फराकीलाे अन्तरमा पुर्याए । खेलमा डाँगीहाटका सुनिल खड्का म्यान अफ द म्याच घोषित भए । खेलमा टिकट बिक्रीबाट एक जनालाई गाेला प्रथाबाट द्घारा माेवाएल प्रदान गरीयाे । गोल्डकपमा धनकुटा,झापा,मोरङ र सुनसरीका गरी ८ वटा टिमको सहभागि छन । गोल्डकपलाई बुद्ध एअरले मुख्य प्रायोजन गरेको छ । साेमबारकाे खेल धरान फुटवल क्वलका बिरुद जि बि रवर मंगलबारे बिरुद हुने अायाेजकले जानकारी दिए ।

गोल्डकपबाट प्राप्त आम्दानी खेलकुद क्षेत्रको बिकास र बाढीपिडित बालबालिकाहरुको शैक्षिक सामाग्री जुटाउन खर्च गर्ने आयोजकले जनाएको छ । गोल्डकपमा प्रथम हुनेलाई रु .१ लाख ११ हजार १ सय १ र दोस्रो हुनेलाई रु. ५१ ह्जार १ सय १ रुपैया पुरस्कारले पुरस्कृत गरिने छ । एन्फा केन्द्रीय उपाध्यक्ष तथा धरान फुटवद एकेडेमीका अध्यक्ष किशाेर राई द्घारा खेल अवधिभर उत्कृष्ट खेलेने खेलाडिलाई नगद १० हजार प्रदान गर्नु भएकाे छ ।

Loading...



Loading…