ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्त पक्राउ ।

Loading...

जनक ताम्राकार

ओखलढुंगा – ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २५ गते जिल्लाको सुनकोशी गाउँपालिका ५ मुलखर्क र सिस्नेरी बिचमा पर्ने बान्द्रे भीरमा घटेको रहस्यमय घटनाका अभियुक्तलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुनकोशी गाउँपालिका ५ मूलखर्कका धीरेन तामाङ, रुपलाल तामाङ र दिपक तामाङ रहेका छन् ।

उनिहरुलाई गत बैशाख २५ गते बान्द्रे भीरमा मृत अवस्थामा फेला परेका उदयपुर कटारी नगरपालिकाका ६२ बर्षिय रामबहादुर बुढाथोकीको हत्या गरेको आरोप लागेको छ । मृतक बुढाथोकीको भिरबाट लडेर मृत्यु भएको भनिएपनि आफन्तले भने लडेको नभई मारेर फालेको भन्दै किटानी जाहेरी दिएका थिए । जिल्ला अदालतको अन्तिम फैसला नआउदैै पीडितहरुले पुनः उच्च अदालतमा पुनरावेदन दर्ता गराएका हुन् ।

सोहि अनुसार उच्च अदालत बिराटनगर अस्थाई ईजलास ओखलढुंगाले अभियुक्तहरुलाई गत भदौ ८ गते पुर्पक्षका लागि पुनः पक्राउ गर्न आदेश दिएको थियो । जस अनुसार ओखलढुंगा प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए । पक्राउ परेका उनीहरुलाई आईतबार नै उच्च अदालतमा म्याद थपका लागि बुझार्ईएको तिमिल्सिनाको भनाई छ ।

मृतक बुढाथोकी आफन्तको बिहेमा जन्ति जान सिस्नेरी तर्फ आउदै गर्दा यो घटना घटेको हो । अभियुक्तहरुले भने एक स्थानिय महिलालाई मृतक बुढाथोकीले जर्बजस्ती हातपात गर्न खोजेको आफुहरुले देखेपछि उनि भाग्ने क्रममा आफै लडेर मृत्यु भएको बयान दिदै आएका छन् । तर आफन्तल भने लडेरै मृत्यु भएको भएपनि उनिहरुले तत्काल प्रहरीलाई खबर नदिएको र चोटको प्रकृतिलाई हेर्दा समेत लडेर नभई हत्या नै भएको आशंकामा जाहेरी दिएका थिए ।

Loading...



Loading…