महेन्द्रनगरको खुल्ला मञ्चमा आज देखी स्व. पत्रकार कर्ण बोहरा स्मृति कफ

Loading...

पुष्कर भट्ट

कञ्चनपुर – कञ्चनपुर महेन्द्रनगरको खुल्ला मञ्चमा आज देखी स्व. पत्रकार कर्ण बोहरा स्मृति कफ २०७४ को प्रथम संस्करण सुरु भएको छ ।

हिमालयन क्रिकेट एकेडेमी काठ्मान्डौ द्वारा आयोजना भएको उक्त्त खेलमा १२ टिमको सहभागीता रहने छ । जसमा भारत बाट पंजाब टिम को समेत सहभागीता रहने छ ।
लिग कम नकआउट फरमेटमा खेलाईने उक्त्त खेल ११ दिन सम्म संञ्चालन हुने र सो प्रतियोगिता को प्रथम पुरुस्कार १ लाख रहेको र प्रतियोगिता मा उठेको कुल रकम को ३० प्रतिशत कर्ण बोहरा स्मृति प्रतिष्ठानमा जमा रहने समेत आयोजक ले जनाएको छ ।

प्रतियोगीताको समुद्घाटन भिम दत्त नगरपालीका का नगर प्रमुख सुरेन्द्व विष्टले गर्नु भएको थियो ।
सो कार्यक्रम मा स्व. पत्रकार कर्ण बोहराको फोटोमा माल्यार्पण गरी श्रद्धान्जली समेत दिईएको थियो ।
उक्त्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख विष्टले पत्रकार बोहराले यस समाजका निम्ती र अधिकार प्रप्तीका निम्ती थुप्रै कलम चलाएको र यस क्षेत्रको पत्रकारीता क्षेत्र विकाशका निमित्त अतुलनिय योगदान दिएको बताए ।

आजको पहिलो खेल कञ्चनपुर क्रिकेट एकेडेमी र धनगडी क्रिकेट एकेडेमी विच भएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको कञ्चनपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरको खेलमा ६ विकेटको नोक्सानीमा १८२ रन बनाएको थियो , कञ्चनपुर क्रिकेट एकेडेमीका भिम सार्कीले ४६ बलमा ९५ रन जोडेका थिए भने शुसिल खड्काले २३ बलमा २८ रन जोडेका थिए । धनगडी क्रिकेट एकेडेमीका तर्फ बाट सुनिल क्षेत्रीले सर्वाधिक ३ विकेट लिएका थिए ।

१८२ रन को लक्ष्य पाएको धनगडी क्रिकेट एकेडेमी मात्र ५९ रनमै अलआउट भएको थियो ।
उक्त खेल कञ्चनपुर क्रिकेट एकेडेमीले १२३.रन को फराकीलो अन्तरले जितेको थियो,भने सो खेलमा ९५ रन र ३ विकेट लिएका उत्कृष्ट खेलेका भिम सार्की म्यान अफ द म्याच घोषीत भएका थिए ।

Loading...



Loading…