नेपालमा आरोहीको घुँइचो

Loading...

काठमाडौं : चीनले सगरमाथा आरोहण एक वर्षयता बन्द गरेपछि शरद ऋतु (अटम सिजन) को सुरुवातमै नेपाल तर्फबाट हिमाल आरोहीको संख्या बढेको छ । यतिबेला होचा र अग्ला हिमाल गरी ३ सय ५० आरोहीले आरोहण अनुमति लिइसकेका छन् ।
सिजन सुरु भएको १० दिन नबित्दै अग्ला हिमालका लागि ३९ आरोहण दलका ३ सय ११ र साना हिमालका लागि १९ दलका ३९ जनाले हिमाल आरोहण गर्ने भएका हुन् । पर्यटन विभागबाट आइतबारसम्म ३१ आरोहणदलका ३ सय ११ आरोहीले विभिन्न हिमालको अनुमति लिइसकेका छन् ।

मनास्लुका लागि २०, नाङपाइ १, मुस्ताङ ३, धौलागिरि २, सारेबुङ २, अरनिको चुली १, मकालु १ र ल्होत्सेका लागि एक आरोहण दलले अनुमति लिएका हुन् । होचा हिमालका लागि नेपाल पर्वतारोहण संघबाट आइतबारसम्म १९ आरोहण दलका ३९ जनाले आरोहण अनुमति लिएका छन् । होचा हिमाल आरोहणका लागि खुम्बु क्षेत्रको आइल्याम पिक आरोहण गर्न मात्र ८ आरोहण दलका १९ आरोहीले अनुमति लिएको संघका अध्यक्ष सन्तवीर लामाले बताए ।

भदौ, असोज र कात्तिकलाई अटम सिजन भनिन्छ, यो हिमाल आरोहणका लागि उपयुक्त मौसम नमानिए पनि आरोहीको भिड लाग्न थालेको छ । विभागका पर्वतारोहण शाखाका नायबसुब्बा खेमराज अर्यालले चीनले आरोहण बन्द गर्नु र अग्ला हिमाल आरोहणको तयारीमा हाई अल्टिच्युडमा सहजाउन तालिम लिन पनि आरोहीको संख्या सुरुवातमै बढेको हुनसक्ने बताए । सरद ऋतुमा यस वर्ष विगतका भन्दा धेरै आरोही आउने विभागको अनुमान छ । अनुमति लिने अधिकांश आरोही विदेशी छन् ।
मनास्लु आरोहण गर्न सेभेन समिट ट्रेकिङ एजेन्सीका ६ जना शेर्पा गाइडले ६ हजार ८ सय मिटरको तेस्रो क्यम्पसम्म डोरी टाँगेर बाटो बनाइसकेका छन् ।

‘किलर माउन्टेन’को उपमा पाएको गोरखाको सामागाउँस्थित मनास्लु (८,१६३ मिटर) विश्वको आठौं र नेपालको सातौं अग्लो हिमाल हो । साहसिक आरोहण मानिए पनि मनास्लु आरोहण गर्नेको संख्या सबैभन्दा बढी छ । चीन, भारत, इजरायल, दक्षिण कोरियालगायत देशका आरोही आधारशिविर पुगिसकेको पर्वतारोही गाइड विनायकजंग मल्लले बताए । यता धौलागिरि आरोहणमा पुगेका गाइड मिङतेम्बा शेर्पाले क्याम्प दुईसम्म बाटो बनाइसकेको बताए ।annapurnapost

Loading...



Loading…